कोक वल्र्ड कप अफर

Read Time = 1 min

काठमाडौं । ड्रिंक-विलिभ-विन भन्ने नाराका साथ कोका कोलाले फिफा वल्र्ड कप नजिकिएसँगै फुटबलप्रेमी नेपाली उपभोक्तालाई लक्षित गरेर वल्र्ड कप विशेष लेबल लन्च गरेको छ । क्याम्पेनअन्तर्गत उपभोक्ताले फिफा वल्र्ड कप अफिसियल फुटबल, टिसर्ट, ज्याकेटलगायत मर्कन्डाइज जित्न सक्नेछन् ।

क्याम्पेनमा सहभागी हुन कोक बोतलको नयाँँ फिफा वल्र्ड कप लेबलमा भएको क्युआर कोड स्क्यान गरेर लेबलपछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ । क्याम्पेन मंसिर २८ सम्म लागू हुनेछ ।

पुरस्कार दाबी गर्न आफूसँग भएको लेबल अनिवार्यरूपमा सुरक्षित राख्नुपर्ने हुन्छ । अफर दुई सय ५० मिली, पाँच सय मिली, एक लिटर र २.२५ लिटरको कोका–कोला र कोका–कोला जिरो सुगरको खरिदमा प्राप्त गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?