उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

Read Time = 1 min

सोल । उत्तर कोरियाले बुधबार ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सोलका सेनाले जनाएको छ । यो क्षेप्यास्त्र संयुक्त राज्य अमेरिकाको सदन र सिनेटको लागि मध्यावधि चुनावमा मत गणना भइरहेको अवस्थामा भएको जनाइएको छ ।

उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको सुकचोनबाट पूर्वी समुद्र अर्थात् जापानको सागरमा स्थानीय समयअनुसार बुधबार दिउँसो १५ः३१ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको सैनिक स्रोतले जानकारी दिएको छ ।

यस क्षेप्यास्त्र प्रहारको जापानले पनि पुष्टि गरेको छ । जापान सरकारले ट्विट गर्दै प्योङयाङले ‘संदिग्ध ब्यालेस्टिक क्षेप्यास्त्र’ प्रक्षेपण गरेको जनाएको छ । यस महिनाको सुरुमा पनि उत्तर कोरियाले एक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रसहित प्रहार गरेको थियो । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?