बोलोग्नाको पोस्टमा इन्टरको आधा दर्जन गोल

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नालाई ६–१ अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा एक गोलले पछि परेको इन्टर पुनरागमन जित निकाल्न सफल भएको हो ।

इन्टरको जितमा फेडरिको डिमार्कोले दुई गोल गरेका थिए । यसैगरी इडेन जेको, लोउटारो मार्टिनेज, हकान चलहानोग्लु र रोविन गोसेन्सले समान एक (एक गोल गरे । बोलोग्नाका ल्योकोजियानिसले एक गोल फर्काएका थिए ।

जितसँगै इन्टर १४ खेलबाट २७ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित बोलोग्ना १६ अंक जोडेर १३औं स्थानमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?