सेमिफाइनलमा भारतको लज्जास्पद हार, इङ्ल्यान्ड टि–२० विश्वकपको फाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । टी–२० विश्वकप २०२२ मा भारतीय टोलीको यात्रा सकिएको छ । बिहीबार भएको सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्डले फाइनलको यात्रा तय गरेको छ ।

बिहीबार भएको खेलमा इङ्ल्यान्डले पूर्वविजेता भारतलाई १० विकेटले पराजित गरेको हो । टस हारेपछि ब्याटिङको निम्तो पाएको भारतले १६९ रनको लक्ष्य दिएको थियो । भारतका विराट कोहलीले ५० र हार्दिक पान्ड्याले ६३ रन बनाएका थिए ।

इङ्ल्यान्डले १६ ओभरमा विनाकुनै विकेट लक्ष्य भेट्टायो । इङ्ल्यान्ड शुरुवाति ब्याट्सम्यानद्वय एलेक्स हेल्सले ८६ र जोस बटलरले ८० रन बनाउँदै आफ्नो देशलाई फाइनलको यात्रा तय गराउन सफल भए ।

इङ्ल्यान्ड पनि प्रतियोगिताको पूर्वविजेता हो । यसअघि सन् २०१० मा फाइनल पुगेर उपाधि जितेको थियो । त्यसयता इङ्ल्यान्ड पहिलोपटक फाइनल पुगेको हो । इङ्ल्यान्ड सन् २०१९ मा आयोजित पछिल्लो एकदिवसीय विश्वकपको पनि विजेता हो ।

यसअघि पाकिस्तानले बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले पराजित गरेको थियो । अब पाकिस्तान र इङ्ल्यान्डबीच आइतबार फाइनल हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?