काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले यसअघि अवसर नपाएकालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीन दिनसम्म बसेको केन्द्रीय समिति बैठकले पार्टीमा योगदान गरेका, अवसर नपाएकालाई राष्ट्रियसभामा उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि अवसर लिन नसकेकोलाई मूल्यांकन गर्ने मापदण्डमा सहमति भएको हो । यसक्रममा यसअघि हारेकालाई होइन उम्मेदवार बनेका तर निर्वाचित हुन नसकेकालाई मूल्यांकन गर्ने बैठकले निर्णय गरेको छ । कांग्रेस बैठकमा पटक-पटक अवसर पाएकालाई फेरि पनि ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार नबनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण भएको थियो । शनिबार मात्रै १२ जना केन्द्रीय सदस्यले अहिलेसम्म अवसर नपाएकालाई राष्ट्रियसभामा उम्मेदवार बनाउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । बैठकले सरकारमा कांग्रेसका मन्त्रीहरूको कार्यसम्पादन, राष्ट्रियसभामा कस्तो उम्मेदवार छनोट गर्ने, महासमिति बैठक, समुदायमा कांग्रेस अभियानअन्तर्गत माघ ७ देखि २२ सम्म गर्ने कार्यक्रम, समसामयिक विषयमा छलफल गरेको थियो । बैठकका निर्णयबारे जानकारी दिन कांग्रेसले आज (आइतबार) पत्रकार सम्मेलन आयोजना गरेको छ । पार्टी कार्यालय सानेमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्दै छ ।
बैठकमा केन्द्रीय सदस्यहरूले सरकारको आलोचना गरेका छन् । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरूले सरकारको आलोचना गरेका हुन् । बैठकको अन्तिम दिन शनिबार बोल्ने अधिकांश नेताहरूले सरकार र कांग्रेसका मन्त्रीको कार्यसम्पादन कमजोर रहेको बताएका हुुन् । कांग्रेस नेता प्रदीप पौडेलले मन्त्रीहरूले प्रस्तुत गरेको प्रतिवेदनमा जनताले आभास गने कार्यक्रम के छन् ? भन्दै प्रश्न गर्नुभयो । सरकार चलाउने पालो कुरेर बस्दा कांग्रेसले वर्तमान सरकारलाई प्रभावकारी बनाउन नसकेको आरोप उहाँले लगाउनुुभयो ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले कांग्रेसबाट सहभागी मन्त्रीलाई गरेका आठ कामको सूची दिन आग्रह गर्नुभयो । बैठकमा बोल्दै महामन्त्री थापाले सरकारमा सहभागी भएको आठ महिना भए पनि काम केही हुन नसकेको भन्दै आठ कामको सूची दिन चुनौती दिनुभयो । ‘यी आठ काम जसका कारण नागरिकको जीवनमा सकारात्मक परिवर्तन आयो र ती काम तपाईं नभएको भए हुँदैनथ्यो । अनि तपाईंको ती कामको प्रचार कांग्रेसका तमाम सदस्यले गर्नेछन्,’ उहाँले भन्नुभयो । महामन्त्री थापाले अब एक वर्षमा सरकारमा बसेर के गर्ने ? भन्ने लक्ष्य निर्धारण गर्न आग्रह गर्दै त्यो लक्ष्य पूरा गर्न भनेजस्तो काम नगरे मन्त्री फेर्न पनि सुझाउनुभयो । ‘अरू सबै दलसँग समय पनि छ, सुविधा पनि छ अहिले भएन हामी आउँछौँ र ठिक बनाउँछौँ भन्ने तर हामीले त्यो भन्न पाउँदैनौँ । अरूले मिसन ८४ भन्न पाउँछन् तर हामीले भन्न पाउँदैनौँ,’ उहाँले भन्नुभयो, ‘पार्टीको नीति अधिवेशनबाट मिसन गुणस्तरीय शिक्षा, मिसन सर्वसुलभ स्वास्थ, मिसन मर्यादित रोजगारी तय गरौँ । अनि यी चार वर्षमा पूरा गरौँ । यसको आधारमा बल्ल जनतासामु जान पाइन्छ ।’
राम्रो काम गर्न नसके प्रचण्डलाई खुमलटार पुर्याउने हैसियत कांग्रेससँग छ : गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापित शेरबहादुर देउवालाई गठबन्धन बैठक भनेर पार्टीमा संवाद नगरी आफ्नो व्यक्तिगत धारणा राख्ने अनि पार्टीको निर्णय भन्ने परिपार्टी गलत भएको बताउनुुभएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकमा तीन बुँदे धारणा राख्दै महामन्त्री थापाले त्यस्तो धारणा पार्टीको हुन नसक्ने र निर्णयको बोझ पार्टीले नबोक्ने बताउनुुभयो । पार्टीबाट सहभागी मन्त्रीहरूले जनताको जीवनमा सकारात्मक परिवर्तन आउने काम गरेको सूची दिन भन्नुुभयो ।
यस्तै, महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गर्न नसके बालुवाटारबाट खुमलटार पु¥याउने चेतावनी’ दिनुुुुभएको छ । शनिबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीले सरकारमा रहेर राम्रा काम गर्न नसके बालुवाटारबाट खुमलटार पठाउने हैसियत कांग्रेसको रहेको जिकिर गर्नुभयो । कांग्रेसले चाहेर नै प्रचण्डलाई प्रधानमन्त्री बनाइएको भन्दै कांग्रेसले नचाहेको दिन प्रधानमन्त्री रहिरहन नसक्ने बताउनुुभयो । कांग्रेस नभए देश गृहयुद्धमा फस्ने उहाँको दाबी छ । ‘अहिले नेपाली कांग्रेस पार्टी छैन भन्ने कल्पना गर्नुभयो भने नेपाल कुनै न कुनै गृहयुद्धमा पर्छ पर्छ । धार्मिक, कि जातीय वा कुनै न कुनै अतिवादमा पर्छ,’ उहाँले भन्नुुभयो, ‘कांग्रेसले सरकार चलाउने कुरामा योग्यता राख्न सकिरहेको छैन । अहिले फेरि हामीले जिम्मा पाएका छौँ । यो बेला हामीले काम गर्नुपर्छ । प्रचण्डलाई हामीले प्रधानमन्त्री बनाएको हो, हामीले जुन दिन चाहँदैनौँ नि प्रचण्डले राम्रो काम गर्न सक्नुभएन भने खुमलटारबाट बालुवाटार ल्याउने हैसियत छ भने बालुवाटारबाट खुमलटार पठाउने हैसियत पनि छ ।’ महामन्त्री थापाले पार्टी सभापतिको गोजीबाट राष्ट्रियसभा सदस्य छान्ने परिपार्टी अन्त्य गर्नुपर्ने बताउनुुभयो ।
सरकारको समीक्षाबारे बैठकमा आएका दुईवटा दृष्टिकोण अतिवाद
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधान पुनरावलोकन गर्ने बेला भएको बताउनुुभएको छ । केन्द्रीय समिति बैठकमा उहाँले संविधान पुनरावलोकन गर्नुपर्ने बेला भएको बताउनुुभयो । संविधानका मूल तत्वलाई प्रभावित नगर्ने गरी संविधानको समीक्षा र पुनरावलोकन गर्नुपर्ने उहाँको भनाइ छ । ‘यो संविधान जारी भएको ८ वर्ष भइसक्यो । ८ वर्षमा यसको अभ्यास पनि हामीले हेरेका छौँ,’ उहाँले भन्नुुभयो, ‘मलाई के लाग्छ भने संविधानका मूल तत्वहरूलाई प्रभावित नगर्ने गरी संविधानको कार्यान्वयनका समीक्षा र पुनरावलोकनमा जानुपर्छ ।’
कांग्रेसले संविधान पुनरावलोकनका लागि पहल र प्रयत्न गर्नुपर्ने उहाँले बताउनुुभयो । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि लेखकको प्रस्तावको पक्षमा उभिनुुभएको थियो । नेता बलबहादुर केसीले अहिले संविधान पुनरावलोकन गर्न नहुने मत राख्नुुभएको थियो ।
सरकारको समीक्षाबारे बैठकमा आएका दुईवटा दृष्टिकोण अतिवाद भएको उहाँले बताउनुुभयो । ‘सरकारबाट सबै कुरा ठिक भएको छ । केही पनि बिग्रिएको छैन भन्ने एउटा कोण छ । अर्काे साह्रै कुरा बिग्रिएको छ । केही पनि ठिक भएको छैन भन्ने छ । यो दुईवटै अतिवाद हो,’ उहाँले भन्नुुभयो, ‘हाम्रो राजनीतिक अवस्थाले गठबन्धन विकल्प छैन । हामीले गठबन्धन नगरे अर्काले गर्छ । यसै गठबन्धनलाई प्रभावकारी र क्रियाशील बनाउनुपर्छ । सरकारले धेरै काम गर्न बाँकी छन् । धेरै कुरा हुन सकेको यथार्थ हो ।’
अर्थतन्त्र लयमा फर्किन थालेको छ : अर्थमन्त्री
नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुुकको अर्थतन्त्र लयमा फर्किन लागेको बताउनुुभएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा विद्यमान आर्थिक अवस्था र भावी कार्यदिशाबारे जानकारी गराउँदै उहाँले अर्थतन्त्रका अधिकांश परिसूचकहरू सुधारोन्मुख रहेको बताउनुुभयो । मन्त्री महतले आफूले अर्थमन्त्रीको कार्यभार सम्हाल्दा अर्थतन्त्रका अधिकांश परिसूचक अनुकूल नरहेका तर सरकारको निरन्तरको प्रयासबाट तिनमा सुधार हुँदै गएको बताउनुुभयो ।
एसियाली विकास बैंकले नेपालको आर्थिक वृद्धि चालु आर्थिक वर्षमा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण गरेकामा सरकारको प्रयास ६ प्रतिशत पुर्याउने रहेको अर्थमन्त्री महतले बताउनुुभयो ।
चालु आर्थिक वर्ष २०८०-८१ को मंसिर मसान्तसम्ममा राजस्व ११ दशमलव दुई प्रतिशतले बढेर तीन खर्ब ६३ अर्ब ४३ करोड, चालु खर्च एक दशमलव छ प्रतिशत, पुँजीगत खर्च छ दशमलव एक र वित्तीय व्यवस्थातर्फको खर्च २१ दशमलव दुई प्रतिशतले बढेको उहाँले जानकारी दिनुुभयो ।
अर्थ मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेपछिको अवस्थाको तुलनामा अहिले अर्थतन्त्रमा सुधार भएको उहाँले बताउनुुभयो । ‘आर्थिक वृद्धि खुम्चिएर एक दशमलव ८६ प्रतिशत पुगेको अवस्थामा मैले कार्यभार सम्हालेको हुँ । स्रोतको अनुमान नगरी ठूलो संख्यामा बहुवर्षीय ठेक्का लगाइएको थियो । आयोजनाको प्राथमिकीकरण कमजोर थियो,’ उहाँले भन्नुुभयो, ‘आयात उच्च हुँदा बाह्य क्षेत्र असन्तुलन भई भुक्तानी सन्तुलन दुई खर्ब ५५ अर्बले घाटामा थियो ।’
कांग्रेसका मन्त्रीहरूले उल्लेख्य परिणाम दिन सकेनन् : प्रदीप पौडेल
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले सत्ता पाइँदैन भन्ने डरले पार्टी २०८४ को चुनावमा पत्तासाफ हुने बाटोमा गएको बताउनुुभएको छ । केन्द्रीय समिति बैठकमा बोल्दै नेता पौडेलले सत्ताको नेतृत्व गर्न पाइने लोभमा सरकारका कमजोरीमाथि नबोल्नु घातक हुने बताउनुुभयो । ‘सरकारले काम पनि नगर्ने, आफ्नो पालो आउँदा समर्थन पनि प्राप्त हुँदैन भन्ने डरले केही पनि नगर्ने हो भने ०८४ को निर्वाचनमा कांग्रेस पत्तासाफसमेत हुनसक्छ,’ उहाँले भन्नुुभयो, ‘कांग्रेसले देशलाई कता लैजाने भन्ने ठोस योजना र रणनीति नल्याएसम्म र अहिलेकै अवस्थामा कम्तीमा म कांग्रेस नेतृत्वलाई ‘डिफेन्स’ गर्न सक्दिनँ ।’
सरकारले उपलब्धिमूलक काम गर्न नसकेको र कांग्रेसका मन्त्रीहरूले उल्लेख्य परिणाम दिन नसकेका उहाँको भनाइ थियो । कांग्रेसले सुरु गर्ने भनेको समुदायमा कांग्रेस कार्यक्रममा आफूहरू जाँदा जनतालाई बताउने विषय नभएको र नेतृत्वका कारण कांग्रेस प्रतिरक्षात्मक बनेको उनको भनाइ थियो । ‘जनतालाई चाहिएको सुशासन हो, भ्रष्टाचार अन्त्य हो,’ उहाँले भन्नुुभयो, ‘विडम्बना, अहिले जनताले हामीलाई भ्रष्टाचारमा मुछिएको पार्टी भनेर बुझ्छन् कि भ्रष्टाचार अन्त्य गर्ने अभियान छेडेको पार्टी भनेर ?’
नेपालमा भ्रष्टाचार अन्त्यका लागि र सुशासन कायम गर्न आफैँमाथि छानविन हुने परिस्थिति आफैँले सिर्जना गर्न सक्नुपर्ने पनि उहाँले बताउनुुभयो । सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले प्रस्तुत गरेको प्रगति प्रतिवेदन पनि बाध्य भएर बनाइएका प्रतिवेदनजस्तो मात्र भएको उहाँले बताउनुुभयो । ‘हाम्रा मन्त्रीहरूले ल्याउनुभएको प्रतिवेदनमा उल्लेख भएअनुसार जनताले आभास गर्ने गरी प्रगति भएको छ त ?, उहाँको प्रश्न थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच