पाँच राष्ट्रसेवक कर्मचारी इन्टेग्रिटी आइकन

Read Time = 2 mins

काठमाडौं । अकाउन्टविलिटी ल्याब नेपालले नवौँ संस्करणअन्तर्गत पाँचजना इमानदार कर्मचारीलाई सम्मान गरेको छ । इन्टेग्रिटी आइकन नेपाल २०२२ बाट यस वर्षका पाँचजना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका हुन् । सम्मानित हुनेमा सडक विभागका इन्जिनियर कल्पना अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ कृषि अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत लैंगिक समानता तथा सामाजिक समावेशीकरणका शाखा प्रमुख रोशनीदेवी कार्की, सीमा प्रशासन कार्यालय नाम्चेमा कार्यरत शाखा अधिकृत सुजनकुमारी बर्देवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीअन्तर्गत प्रदेश अस्पताल सर्लाहीमा कार्यरत प्रहरी हवल्दार राजेश साह जयसवाल रहनुभएको छ ।

आयोजकका अनुसार पाँचजना आइकन सार्वजनिक भइसकेपछि उहाँहरूलाई चिनाउन र अभियानमा आमनागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालबाट विभिन्न अभियान सञ्चालनका साथै जिल्लास्थित सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावका आधारमा पाँचैजनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड प्रदान गरिएको थियो ।

सम्मानित व्यक्तिहरूलाई बधाई दिँदै इन्टेग्रिटी आइकन २०२१ की मनमाया भट्टराई पंगेनीले भन्नुभयो, ‘हामीले सेवा प्रवाह गर्दा बोली व्यवहार र शैलीको माध्यमबाट जिम्मेवारी पूरा गर्नुपर्छ । यसले हाम्रो व्यक्तिगत र व्यावसायिक जीवन सहज र सरल बनाइदिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?