काठमाडौं । पाकिस्तान फुटबल संघले बुधबार नेपालविरुद्ध हुने अन्तर्राष्ट्रिय फुटबलका लागि हसन वासिरको कप्तानीमा २४ सदस्यीय टोली घोषणा गरेको छ ।
फिफाको निलम्बन फुकुवा भएपछि पाकिस्तानले ३० कात्तिकमा नेपालसँग पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ । जसका लागि एन्फाले टिकट मुल्य समेत निर्धारण गरेको छ । सामान्यतर्फ ५०० र भीआईपीतर्फ एक हजार रुपैया निर्धारण गरेको छ।
नेपालले शुक्रबार पाकिस्तानविरुद्धको खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरिसकेको छ । यस पटक टोलीको प्रशिक्षकमा प्रवेश कटुवाल रहेका छन् ।
पाकिस्तानी टोलीः
गोलकिपरः साबिक हानिफ, युसुफ इजाज बट, अब्दुल बासित
रक्षकः राओ उमर हायात, जेन उल अबादिन, जुदैन शाह, सोहेल खान, अब्दुल्लाह शह, सरदार वाली, हासिब अहमेद खान, मोहमुन मोसा खान
मिडफिल्डरः उमर अली, जैनुल अविदिन, अब्दुल कादिर खान, अलामगिर, मोहम्मद आनन्द याकुव, आनन्द साहिद
स्ट्राइकरः मोहम्मद अफ्जल, हुसैन वासिर, मुहामेद वाहिद, वालिद खान, सायक दोस्त, आदिल युनुस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच