लमजुङमा एक वर्षमा सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 3 mins

लमजुङ । लमजुङमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परेर १७ जनाको ज्यान गएको छ । आर्थिक वर्ष ०७८/०७९ मा जिल्लामा विभिन्न स्थानमा भएको २२ सवारी दुर्घटनामा परी १७ जनाको ज्यान गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङका अनुसार ०७८ साउनदेखि ०७९ असार मसान्तसम्ममा भएका सवारी दुर्घटनामा ८ जना गम्भिर घाईते र १७ जना समान्य घाइते भएका थिए ।

गएको आर्थिक वर्षमा दुर्घटनामा परेका सवारीमध्ये सवै भन्दा धेरै मोटरसाइकल रहेका छन् । सो अवधिमा जिल्लामा १० वटा ट्रयाक्टर दुर्घटनामा परेका थिए ।

यस्तै, अन्य सवारी साधानहरुमा ट्रयाक्टर ६ वटा, ट्रक र जिप दुईरदुई वटा, बस र अन्य सवारी साधान एक रएक वटा दुर्घटना भएको ट्राफिक कार्यालयका प्रहरी सहायक हवल्दार सुभाष रानाभाटले बताउनुभयाे ।

सवारी दुर्घटनासम्वन्धि कार्यालयको तथ्यांकअनुसार विगत ४ वर्षमा गत वर्ष सवैभन्दा धेरै सवारी दुर्घटनामा परि मानिसले ज्यान गुमाएका छन् । जिल्लामा आर्थिक वर्ष ०७५/०७६ मा १४ सवारी दुर्घटनामा हुदाँ ९ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष ०७६/०७७ मा जिल्लामा १३ सवारी दुर्घटनाहरु भएका थिए । ति दुुर्घटनामा परेर ८ जनाको ज्यान गएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा २१ सवारी दुर्घटनाहरु भएका थिए भने ति दुर्घटनामा परि ११ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ ।

तीन वर्षको अवधिलाई तुलना गर्दा सवारी दुर्घटनाको संख्या र दुर्घटनाबाट हुने मृत्युदरसमेत वढेको कार्यालयको तथ्यांकले देखाएको छ । हालसम्मको दुर्घटनाको प्रकृति हेर्दा सवारी दुर्घटनाको मुख्य कारण चालक सवेंदनशिल नहुनु र तीब्र गति प्रमुख रहेको प्रहरी सहायक निरीक्षक राजाराम पौडेलले भनाई छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?