काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण मागेको छ ।
सोमबार न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै परेको रिट दरपीठ गर्नुको कारण सर्वोच्च अदालत प्रशासनसँग मागेको हो ।
कल्याण बुढाथोकी, ज्ञानेन्द्रराज आरणसमेतले दिएको निवेदनमाथि सुनवाई गर्दै सर्वोच्चले उक्त रिट दरपीठ गर्नुको कारण आफ्नै प्रशासनसँग मागेको हो ।
१ माघ २०७६ मा काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले माओवादी द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मेवारी लिने अभिव्यक्ति दिनुभएको थियो ।
सोही अभिव्यक्तिलाई आधार मानेर बुढाथोकी र आरणसहितले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको थियो।
तर, २४ कात्तिमा सर्वोच्चले उक्त निवेदन दरपीठ गरेको थियो । निवेदन नै दरपीठ भएपछि उनीहरुले पुनः दरपीठको कारण माग गर्दै अर्को निवेदन दिएका थिए । सोही निवेदनउपर सोमबार सुनुवाइ गर्दै सर्वोच्चले कारण मागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच