वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक

Read Time = 2 mins

काठमाडौं । वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको छ । भुटान सरकारले निर्वासित गरेका एक सैनिक अधिकारीको जीवनीमा आधारित वृत्तचित्र ‘कुन हो मेरो देश’ सार्वजनिक भएको हो ।

यो वृत्तचित्र भूतपूर्व क्याप्टेन बुद्धवीर सुब्बाको वास्तविक जीवन भोगाइको घटनामा आधारित छ । क्याप्टेन सुब्बाले देशको सार्वभौमिकताको लागि जीवनभर परिश्रम गरे पनि अन्त्यमा कसरी तत्कालीन भुटान सरकारले उहाँलाई निर्वासित गर्‍यो भन्ने कुराको रहस्योद्घाटन वृत्तचित्रमा सुब्बा र उहाँका परिवारले गर्नुभएको छ ।

फ्याम्ली प्रोडक्शनको निर्माणमा तयार पारिएको यस वृत्तचित्रमा बिएम खालिङको खोज र लेखन छ । वृत्तचित्रमा गायक एवं सञ्चारकर्मी रविन शर्माको न्यारेशन छ । कमल राईको छायांकन र सम्पादन रहेको यस वृत्तचित्रलाई राजु सुब्बाको परिकल्पनामा तयार पारिएको हो । असल टिभी नामक युट्युब च्यानलमार्फत वृत्तचित्र सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?