राज्यले उपेक्षा गरेको डडेल्धुराका द्वन्द्व पीडितको गुनासो

टेकराज अवस्थी डडेल्धुरा, संवाददाता
Read Time = 3 mins

डडेल्धुरा । डडेल्धुराका द्वन्द्वपीडितले राज्यले आफूहरूलाई बेवास्ता गरेको गुनासो गरेका छन् । दशवर्षे सशस्त्र द्वन्द्वकालमा आफूहरूलाई कुटपिट गरिएको, घरमा आगो लगाएर सडकमा ल्याइएको भए पनि अहिलेसम्म न स्थानीय जनप्रतिनिधि न त राज्य पक्षले नै हेरेको भन्दै रोष प्रकट गरेका छन् । यो गुनासो पर्शुराम क्षेत्रका द्वन्द्वपीडितको हो ।

जिल्लाको भित्रिमधेश एवं दुर्गम बस्ती महाकालीवारि परिगाउँ बहादुरे बस्ने ५५ वर्षीय नन्दराज भट्टराई अहिलेसम्म राज्य पक्षबाट कुनै राहत नपाएको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘सो समयमा राज्य पक्षबाट निर्घात कुटपिट गरेर श्रीमान्श्रीमतीसहित चार छोरा परिवारलाई बिचल्ली बनाए, आफ्नै खर्चबाट उपचार गरेँ तर राज्य पक्षबाट कुनै राहत पाइनँ ।’

अर्का पीडित धर्मानन्द भट्टको गुनासो पनि उस्तै छ । द्वन्द्वका समयमा आफ्नो चार महिनाको छोरा आगोमा जलेको र उसको अनुहार र शरीरले अहिले पनि द्वन्द्वको झझल्को दिइरहेको भए पनि राज्य पक्षबाट कुनै सहयोग नभएको बताउनुहुन्छ । सडकलगायतका भौतिक विकासबाट मात्र यहाँका जनता सन्तुष्ट नरहेको उहाँको भनाइ छ ।

सशस्त्र जनयुद्धका बेला भट्टराईको घरबार राज्य पक्षबाट बर्बाद भयो । सडकमा आएर जीविकोपार्जन गरिरहनुभएका उहाँलाई उल्टै राज्यले नजरअन्दाज गर्ने काम गरेको स्थानीय बताउँछन् । स्थानीय कर्णबहादुर तिरुवाका अनुसार भट्टराई जस्तालाई राज्य पक्ष र त्यो बेलाको विद्रोही पक्ष दुवैबाट सम्बोधन हुन जरुरी छ । उहाँले भन्नुभयो, पर्शुरामका सबै पार्टी प्रतिनिधि र नेताहरूलाई थाहा भएकै कुरा हो, जिल्लामा पहुँचवाला छन् तर उनको समस्या बुझिदिने कोही भएन भन्दै चुनावका बेला घर-घरमा आउने हरेक मतदातालाई भेटघाट गर्ने उम्मेदवार र उम्मेदवारका नेता–कार्यकर्तामाथि प्रश्न गरिरहेका छौँ ।’

ऐलानी जग्गामा बसेर गाँसबासको समस्या भोग्दै जीवन निर्वाह गरिरहनुभएका भट्टराईले सामान्य चिया पसल गरेर परिवारको पेट पालिरहनुभएको छ । दैनिक कष्टकर जीवन गुजारिरहेको सबैले देखे तर आफूलाई राहत दिने काम कसैबाट नभएको भन्दै चुनावका बेलामात्र घरदैलोमा आउने उम्मेदवारप्रति भट्टराई निराशावादी देखिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?