रुपन्देहीलाई देशकै नमूना जिल्ला बनाउँछौँ : विष्णु पौडेल

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विष्णु पौडेलले रुपन्देही देशकै मोडल जिल्ला बनाउने बताउनुभएको छ ।

उपाध्यक्ष पौडेलले जिल्लाको विकासका लागि दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु शुरु गरिसकेको, कुनै सम्पन्न भइसकेको र केही निर्माणाधिन रहेको बताउँदै आगामी दिनमा रुपन्देहीलाई देशकै मोडल जिल्ला बनाउने दाबी गर्नुभएको हो ।

उहाँले रुपन्देहीमा निजी क्षेत्रहरुको लगानीको आकर्षण बढीरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले आगामी दिनमा जिल्लामा झनै लगानीको वातावरणलाई उत्साहीत बनाउन विकासका कामलाई तिब्रता दिने बताउनु भयो । उपाध्यक्ष पौडेलले रुपन्देही जिल्लामा मानवीय विकासका पक्षमा शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रलाई बढाउन आवश्यक काम गरिरहेको बताउनु भयो । उहाँले लुम्बिनीलाई विकासका दृष्टिकोणबाट सम्पन्न बनाउन दीर्घकालीन, रणनीतिक महत्वका पूर्वाधारको निर्माण कार्यलाई तिब्र बनाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विकासका सन्दर्भमा दीर्घकलीन महत्वका केही महत्वपूर्ण आयोजनाहरु शुरु गरेका छौँ । केही सम्पन्न भएका छन्, केही निर्माणाधिन अवस्थामा छन् । केही शुरु हुने अवस्थामा छन् । त्यसले रुपन्देही जिल्लामा निजी क्षेत्रलाई पनि उल्लेखनीय मात्रामा आकर्षण बढेको छ । लगानीका दृष्टिकोणले पनि महत्वपूर्ण स्थान बन्दैछ । समग्रमा एकातिर लुम्बिनी छ, अर्कोतिर दीर्घकालीन महत्वका, रणनीतिक महत्वका पूर्वाधारका कार्य शुरु गरेका छौँ । अर्कोतर्फ निजी क्षेत्रको आकर्षण बढीरहेको छ । साथै मानवीय विकासका पक्षमा पनि हामीले शिक्षा, स्वास्थ्य जस्ता विषयमा आवश्यक ध्यान दिइरहेका छौँ । त्यस हिसावले पनि रुपन्देही मोडलका हिसावले नयाँ र मोडल बन्दैछ । हामीले जनतामा आशा पनि जगाएका छौँ, त्यसले जनतामा अपेक्षा पनि बढाएको छ । हामी औषत गतिमा काम गर्ने नभइ तिब्र गतिमा काम गर्न जरुरी छ । घोषणापत्रमा राखेका हाम्रा प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने खालका छन् तर त्यसका निमित्त हामीले तदनुकुलकै प्रभावकारी प्रयासहरु गर्नुपर्छ ।’

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार पौडेलले नेकपा एमालेले घोषणापत्रमा राखेका प्रतिवद्धताहरु कार्यान्वयन हुनसक्ने मात्रै रहेको भन्दै घोषणापत्र कार्यान्वयनका लागि प्रभावकारी प्रयासहरुको जरुरी रहेको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?