ठगी गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

प्रतिकात्मक तस्बिर

रासस
Read Time = 2 mins

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा सुनचाँदी पसल सञ्चालन गरेर बसेका एक दम्पतीलाई रु ८२ लाख ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

सर्वसाधारणलाई आफ्नो ज्वेलर्समा बचत गर्न लगाएर रु ८२ लाखभन्दा बढी ठगी गरेको पाइएपछि कमला ज्वेलर्सका सञ्चालक ४२ वर्षीय राजु विश्वकर्मा र उनकी पत्नी ३८ वर्षीया कमला विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १७ प्रतिशत ब्याज दिने भनेर प्रलोभनमा पार्दै रु ८२ लाख ७४ हजार छ सय दुई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बचतकर्ताले रकम फिर्ताको माग गरेपछि ज्वेलर्स सञ्चालक विभिन्न बहाना बनाएर पसल नै बन्द गरी फरार थिए । गत साउन १७ गतेदेखि फरार रहेका राजु र कमलालाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो । उनीहरुले सर्वसाधारणलाई रकम जम्मा गर्न लगाउने र पासबुक बनाएर दिने गरेको पाइएको यसबाट ६५ जनालाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?