एकर्ड फर्मास्युटिकल्स र एनआइबिएल एसबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । एकर्ड फर्मास्युटिकल्स लिमिटेडले जारी गर्ने सेयरको प्रत्याभूतिकर्तामा एनआइबिएल एस क्यापिटल नियुक्त भएको छ । एकर्डले जारी पुँजीको १२ प्रतिशतले हुन आउने सात करोड छ लाख नौ हजार नौ सय रुपैयाँ बराबरको कुल सात लाख छ हजार नौ सय नौ कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न एनआइबिएल एस क्यापिटललाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो ।

सम्झौतामा एकर्ड फर्मास्युटिकल्स कम्पनीका प्रबन्धक निर्देशक विशाल पण्डित तथा एनआइबिएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गर्नुभएको छ । एकर्ड फर्मास्युटिकल्स औषधि उत्पादन गर्ने उद्योगका रूपमा सन् २०१३ मा दर्ता भएको कम्पनी हो । कम्पनीले व्यावसायिक उत्पादन गत फेबु्रअरी २०२१ देखि सुरु गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?