पूर्वसहमति नलिइ मतदान स्थगित नगर्न आयोगको निर्देशन

रासस
Read Time = 1 min

काठमाण्डौं । निर्वाचन आयोगले मतदान केन्द्रमा भएको सामान्य विवादका कारण केही समय स्थगन भएको मतदान कार्य पुनः सञ्चालन गर्न निर्देशन दिएको छ ।

यसैगरी आयोगले कुनै मतदान केन्द्रमा मतदान कार्य स्थगित गर्नुपरे साँझ ५ बजेपछि मात्र सूचना टाँस्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । मतदान कार्य स्थगित गर्नैपर्ने भएमा आयोगको पूर्वसहमति लिनुपर्ने सूचना आयोगले जारी गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?