लागुऔषध नियन्त्रणका लागि भोजपुरमा सचेतना कार्यक्रम

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । दुर्व्यसनी तुल्याउने बस्तु तथा पदार्थहरुको सेवन गर्न नहुने सन्देशसहित भोजपुरमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा प्रभातफेरी तथा सचेतनात्मक कार्यक्रम गरिएको छ ।

भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको अध्यक्षतामा आयोजित कार्यक्रममा दुर्व्यसनी तुल्याउने वस्तु तथा पदार्थहरु लागुऔषध भएकाले कानुनले निषेधित गरेको यस्ता बस्तुको प्रयोग गर्न नहुनेमा जोड दिईएको थियो । युवाहरु साथीभाईको लहैलहमा लागेर कुलतमा फस्ने गरेका कारण परिवारमा पनि कलह बढेको बताउँदै प्रमुख जिल्ला अधिकारी घिमिरेले किशोरावस्थामा घरपरिवारको संरक्षण र निगरानी हुन नसकेका कारण युवाहरु दुर्व्यसनीको शिकार भईरहेकाले यस तर्फ समाज, छरछिमेक र परिवारजनले बिशेष चासो राख्नुपर्ने बताउनुभयो ।

दुर्व्यसनको अवस्था, तथ्यांक, कानुनी ब्यवस्थालगायतका बिषयमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले कार्यक्रममा जानकारी गराउनु भएको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघ भोजपुरका अध्यक्ष कर्ण मोक्तान, यशोधरा माविका प्रधानाध्यापक धुर्वराज रेग्मीलगायतले बोल्नु हुदै शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थ लागु पदार्थ भएकाले यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा समेत प्रभाव पार्ने भएकाले सचेत रहन सवैलाई आग्रह गर्नु भयो ।

बिद्यार्थी, सुरक्षाकर्मी, कर्मचारी, स्थानीय, गैर सरकारी संघ संस्थाका प्रतिनिधि, स्थानीयसहितको सहभागितामा बिभिन्न नारासहितको प्लेकार्ड र जिंगलसहितको प्रभात फेरी समेत गरिएको थियो । जिल्ला प्रशासन कार्यालय भोजपुरले साताप्यापी दिवसका क्रममा बिभिन्न सचेतनामुलक ब्यानरहरु समेत बिभिन्न क्षेत्रहरुमा टाँस गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?