प्रधानमन्त्री प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटारमा

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि आइतबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटार पुग्नुभएकाे हाे । आफूलाई गृहमन्त्री बनाउन दबाब दिँदै आउनुभएका लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुग्नुभएकाे हाे ।

प्रधानमन्त्रीलाई गृहमन्त्रीबारे निर्णय गर्न दिएको दुई दिनको अल्टिमेटम सकिएका बेला उहाँ बालुवाटार पुग्नुभएकाे हाे । गृहमन्त्रालय आफ्नो पार्टीलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक पनि आइबार नै बस्दै छ ।

साथै आइतबार नै सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन पनि गर्दैहुनुहुन्छ । यसअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न उहाँ बालुवाटार पुग्नुभएकाे हाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?