प्रधानमन्त्रीलाई ठाकुर गैरेको प्रश्न : निमन्त्रणा नै नगरेको छिमेकी देशको भ्रमणको तयारी किन ?

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमाले सांसद ठाकुर गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी बारे प्रश्न गर्नु भएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद गैरेले प्रधानमन्त्रीको भारत भ्रमण बारे तयारी भइरहेको सुन्नमा आएको बताउँदे निमन्त्रणा नै नगरेको छिमेकी देशको भ्रमणकाे तयारी गरिनुको कारण र आवश्यकता खोज्नुभएको छ ।

भारतले औपचारिक निमन्त्रणा नै नदिएको अवस्थामा अन्य छिमेकी देशको निमन्त्रणा समेत रद्ध गरेर भारत भक्ति किन प्रकट भइरहेको छ भन्ने प्रश्न उठिरहेको उहाँले बताउनु भयो ।

अन्य देशको निमन्त्रणा थाती राखेर निमन्त्रणा नै नगरेको देशको भ्रमण पर्खिनुको औचित्य र आवश्यकता बारे पनि उहाँले प्रश्न गर्नुभयो ।

'याे भ्रमणबाट भारतीय सेना कालापानीबाट फिर्ता गरिने सुनिश्चिता गरेर प्रधानमन्त्री भारत भ्रमण जान लाग्नु भएको हो ?' उहाँले प्रश्न गर्नुभयाे । किन यसरी भारतको भक्तिभाव गर्नुपर्ने भयो ? साथै सांसद गैरेले कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि नेपालीको हकहितको सुनिश्चिता गर्न किन नसकिरहेको भन्दै उहाँले प्रश्न गर्नुभयो ।

सांसद गैरेले देशमा भ्रष्टाचार व्याप्त रहेको र देशकाे आर्थिक संकटबारे पनि सरकारकै जिम्मेवार व्यक्तिको पनि फरक फरक धारणा आउनु दुखद भएको बतानउनु भयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?