चार प्रदेशमा मौसम आँशिक बदली रहने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव र बंगालको खाडीमा बनेको न्यून चापीय क्षत्रको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहान गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको विभागले जनाएको छ ।

दिउँसो प्रदेश १ लगायत गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?