खुल्यो अभिनेत्री उर्वशी रौतेलाको ‘आरपी’ रहस्य

Read Time = 2 mins

मुम्बई । बलिउड अभिनेत्री उर्वशी रौतेलाले जब जब आफ्नो पोस्ट वा अन्तर्वार्तामा आरपीको उल्लेख गर्नुहुन्छ, तब सबैलाई लाग्छ कि उहाँ क्रिकेटर ऋषभ पन्तको बारेमा कुरा गर्दै हुनुहुन्छ । यसअघिका सबै भ्रमलाई तोडतै रौतेलाले आरपी ऋषभ पन्त नभएर साउथ अभिनेता भएको बताउनुभएको छ । उर्वशीले आफ्नो एक अन्तर्वार्तामा फ्यानहरूमा रहेको यो भ्रम मेटाउनुभएको छ ।

अन्तर्वार्तामा उर्वशीलाई सोधिएको थियो- तपाईंले गुगली राख्नुभएको छ । हामीले आरपीलाई ऋषभ पन्त ठानेका थियौँ तर आरपी अर्कै निस्कियो । यसबारे के भन्न चाहनुहुन्छ ? यसको जवाफमा उर्वशीले भन्नुभयो, ‘आरपी मेरो सहअभिनेता हुन्, जससँग म काम गर्दैछु ।’

उर्वशीलाई सोधियो यो आरपी को हो ? जसको जवाफमा उहाँले भन्नुभयो, ‘म मेरा साथी र चलचित्रका सहकर्मीको बारेमा मात्रै कुरा गर्छु ।’
रौतेलाले कुरा गरिरहेका व्यक्ति तेलुगु अभिनेता राम पोथिनेनी हुनुहुन्छ ।

उहाँ धेरै सुपरहिट चलचित्रमा देखिनुभएको छ । रामले चलचित्र ‘देवदासु’बाट आफ्नो करियर सुरु गर्नुभएको थियो । पोथिनेनीको आगामी चलचित्रमा रौतेलाको स्पेशल अपियरेन्स रहेको खबर छ । दुवैको तस्वीर सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?