दाङ-२ मा रेखा शर्माको अग्रता कायमै, एमाले महासचिव पोखरेल पछिपछि

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले १८०९ मतान्तरसहित अग्रता कायम राख्नुभएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा ८ हजार ६१६ मत ल्याउनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महासचिव शंकर पोखरेलले ६ हजार ८०७ मत प्राप्त गर्नुभएको छ ।

हाल यस क्षेत्रमा कूल २० हजार ६७८ मतगणना भएको छ । कूल १ लाख ३३ हजार सात सय ४८ मतदाता रहेकामा ७९ हजार४४६ मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?