पुलिसमाथि प्रदेश १ को सान

हिमालय टाइम्स
Read Time = 2 mins

विराटनगर । प्रदेश एकले सगरमाथा कप टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि सात विकेटको सानदार जित हात पारेको छ । जितका लागि ६७ रनको सामान्य विजयी लक्ष्य पछ्याएको प्रदेश एकले आठ दशमलब तीन ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य हात पा¥यो । प्रदेश एकका कप्तान सिद्धान्त लोहनी १८ बलमा तीन चौका र एक छक्कासहित २५ रनमा अविजित रहनुभयो ।

अंकित सुवेदी १४ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक २६ रन बनाउँदै रन आउट हुनुभयो । विधान गोस्वामी तीन, निरज मुखिया सात र श्रवण यादवले चार रन बनाउनुभयो । पुलिसका राशिद खान र योगेन्द्रसिंह कार्कीले एक-एक विकेट लिनुभयो ।

त्यसअघि विराटनगरमा रहेको बैजनाथपुर क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ थालेको नेपाल पुलिस क्लबले निर्धारित नौ ओभरमा ६ विकेट गुमाउँदै ६६ रन बनाएको थियोे । पिच गिलो भएपछि ढिलो सुरु भएको खेल नौ ओभरमा झारिएको थियो ।

पुलिसका सुनिल धमला आठ, शंकर राना शून्य, अमित श्रेष्ठ ११, पवन सरार्फ दुई, दीलिप नाथ १४ रनमा आउट हुनुभयो । यस्तै, राशिद खान १४ र योगेन्द्रसिंह कार्कीले सात रन बनाउनुभयो ।

प्रदेश एकका सोनु मण्डलले दुई ओभरमा ६ रन खर्चेर दुई विकेट लिँदै प्लेयर अफ द म्याच चुनिनुभयो । फिर्दोस अन्सारीले दुई ओभरमा १२ रन खर्चेर दुई तथा कमल खत्रीले एक विकेट लिनुभयो । प्रदेश एकले आयोजना गरेको सगरमाथा कपमा तीन विभागीय टोली, भारतका दुई टोली गरी कुल ६ टोली छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?