जुम्ला । जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) फराकिलो मतले निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतका अनुसार राप्रपाका ज्ञानबहादुर शाहीले २२ हजार ८१९ मत पाउनुभएको छ भने नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५२८ मत पाउनुभयो ।
जुम्लाबाट यसअघि २०४८ सालमा नेपाल मजदुर किसान पार्टीबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, २०५६ सालमा नेकपा एमालेका देवीलाल थापा, २०६४ सालमा नेकपा माओवादीका नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसका ललितजंग शाही र २०७४ सालमा नेकपा माओवादीका गजेन्द्रबहादुर महत निर्वाचित हुनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच