✍️ इन्द्रबहादुर शाक्य
मार्ग महिनामा मार्ग संक्रान्ति १ गते ललितपुर मत्यस्यन्द्रनाथ गुठी पर्व सुरु हुन्छ । यही संक्रान्तिमा देवपतनमा श्री गुहेश्वरी देवीको जात्रा हुन्छ । कृष्णपक्षमा प्रतिपदाको दिनमा काठमाडौंको थानकोटमा महालक्ष्मीको जात्रा र गुहेश्वरीमा देवीको जात्रा तिथिअनुसार सुरु हुन्छ । यस्तै कर्णाली प्रदेशमा संक्रान्तिका दिनमा हरिशंकर जात्रा गरिन्छ ।
बालाचतुर्दशी :
यो दिन खोटाङको हलेसी महादेव, काली गण्डकीको महादेव, मुक्तिनाथ, जलेश्वर महादेव, रामेछापमा त्रिवेणी मेला, झापामा सताक्षीधाम, अर्जुन धारामा मेला र काठमाडौं पशुपति क्षेत्रको कैलाशमा दीप प्रज्वल गरी राति मेला लाग्छ । रातभरि जागराम बसी स्वर्गीय भएका मानिसको आत्मा शान्तिका लागि यो राति जागराम बसी पूजा गरिन्छ ।
शतवीज छर्ने दिन : (पितृको नाममा शिवालयमा शत्बीज छर्ने चलन छ । मंसिर महिनाको कृष्णपक्ष बालाचतुर्दशी पर्वको दिनमा देशभरि विभिन्न शिवालयमा शतबीज छरी मनाउँदछन् । हरेक वर्ष बालाचतुदर्शीका दिनमा स्वर्गीय भएकाहरूका नामबाट शतबीज छरेर बिहानदेखि शिव मन्दिरमा गएर यो मनाउँदछ । यो शतबीज छर्दाखेरि मृत्यु भएका व्यक्ति वा दिवंगत भएका व्यक्तिलाई शान्ति मिलोस् सुखावति भुवन वा स्वर्गमा बास मिलोस् भनेर कामना गर्दछन् ।
राम र सीताको विवाह भएको सम्झेर अहिले पनि जनकपुरमा विवाह पञ्चमीका दिनमा खुशीयाली मनाइन्छ । अहिले पनि यस दिन धेरैको विवाह हुन्छ । यस दिन विवाह गर्दा साइत हेर्नु नपर्ने भएकाले धेरैको विवाह हुने गर्छ तर जनकपुरमा क्षेत्रमा यस दिन विवाह गर्दैनन् ।
यो तृतीयको दिन साँझ विभिन्न शिवालयमा तीलको तेलको बत्ती बाली रातभर जाग्राम बस्दछन् । भोलिपल्ट मंसिर महिनामा दशरथ बालाचतुर्दशीका दिनमा खोटाङको हलेसी महादेव, रामेछापको त्रिवेणी र काठमाडौंको पशुपतिनाथ आदि शिवजीको मन्दिरमा शतबीज छर्ने गरिन्छ । स्वर्गीय भएका मानिसहरूको आत्मालाई शान्ति मिलोस् भन्ने धारणाले यसरी शतबीज छर्ने गरिन्छ । यो कार्य देशभरि हुन्छ ।
विवाह पञ्चमी :
त्रेतायुगको समयमा नेपालको धनुषा जिल्ला मिथिला राज्य जनकपुरमा जनक राजाले राज्य चलाइराखेका थिए । जनक राजाले छोरीको बिहे गरिदिने विचारले, दरबारको आँगनमा राखेको धनुष वाँण जसले उठाउँन सक्छ त्यही व्यक्तिलाई जनक राजाको छोरीसँग विवाह गरी दिने घोषणा गरेको सुनेर विभिन्न देश र जिल्लाका राजकुमारहरू र बुद्धिजीवीहरूको त्यस ठाउँमा उपस्थिति भयो । त्यतिबेला अयोध्याका राजा दशरथका छोरा राम र लक्ष्मण वनवास जाने क्रममा ऋषिको कुटीमा मिथिला राज्य जनकपुर पुगे । त्यो धनुष उठाउने सभामा भाग लिन पुगे । धेरै राजकुमारहरूले र विद्वान वर्गहरूले उठाउने प्रयास गरे तर सकेनन् ।
अनि पछि ऋषिको इसाराअनुसार रामले धनुष वाँण उठाउन अगाडि बढे । पहिले गुरुजीलाई बन्दना गरे । राजा जनकलाई नमस्कार र सीतालाई प्रणाम गरी दश औंला जोडेर शिवजीलाई प्रणाम गरे, त्यो धनुष वाँण समातेर उठाए । सबै राजकुमारहरू छक्क परे । जनक राजा पनि छक्क परे, त्यसरी साधु जस्ता नवयुवकले उठाएको हुनाले उनको मनमा केही कुरा खेल्न थाल्यो कि त्यो साधारण मानिस होइन होला । सोधपुछ गर्दा अयोध्याका राजकुमार भन्ने थाहा भयो । जनक राजा खुशी भई मंसिर महिनाको पञ्चमीका दिनमा छोरी सीताको राजकुमार रामसँग शुभ विवाह सम्पन्न गरिदिए ।
विवाह भएको, विवाह मण्डप बनाएको ठाउँको नाम रानीबारी हो । जानकी मन्दिरबाट १५ मिनेट मोटरबाट जानुपर्दछ । त्यो ठाउँ अहिले पनि हेर्न सकिन्छ । सीताको र रामको घुमघामसँग विवाह भएको देखेर सबै खुशी भए । यो विवाह भएको दिन सम्झेर अहिले पनि जनकपुरमा विवाह पञ्चमीका दिनमा खुशीयाली पर्व मनाइन्छ । अहिले पनि यो दिनमा धेरैको विवाह हुन्छन् । यस दिन विवाह गर्दा साइत हेर्नु नपर्ने भएकोले, धेरैको विवाह हुन्छ तर जनकपुरमा महिलाहरूले यस दिनमा विवाह गर्दैनन् किनभने यो दिनमा विवाह हुँदा राम र सीता जस्तै हुनुपर्ने हुन्छ र धेरै दुःख भोग्नुपर्ने भएका कारणले यस दिन त्यहाँ विवाह गर्दैनन् ।
सीताले सराप दिएर गएको भन्दछन् । जनकपुरवासीहरू अहिले पनि यस कुरामा विश्वास गर्दछन् । महिलाहरू यस दिन विवाह गर्न चाहँदैनन् । कृष्ण पक्ष मार्ग औंसीमा काठमाडौंमा लुतिअजिमा जात्रा गर्ने चलन छ । जुन अहिले पनि गरिन्छ । यो जात्रा गर्ने बेला स्थानीयवासीहरू जात्रा मानी समजयबजी खाने गर्छन् ।
सात गाउँको जात्रा (न्हय्गाँ जात्रा) :
मंसिर महिना शुल्क पक्षमा भौमा अष्टमीको दिनमा सात गाउँको जात्रा मनाइन्छ । जसमा १. कीर्तिपुर २. पौगा ३.सतुंगल ४.मत्स्य गाउँ ५. बेसी गाउँ ६. नःगाउँ ७. ल्हवंखा गाउँको जात्रा हुन्छ । यो जात्रा मार्ग शुल्क पक्ष चतुर्थीदेखि दशमीसम्म मनाउँदछन् ।
अष्टमी अथवा बखुमद :
अष्टमीको दिनमा प्रमुख दिनको रूपमा पूजा गरिन्छ । यसलाई बखुमद अष्टमी जात्रा पनि भन्ने चलन छ । सात गाउँले मनाउने भएको जात्रा एकै दिनमा हुँदैन । फरक, फरक दिनमा मनाउँदछन् । अष्टमीको दिनमा कीर्तिपुर, स्थानीयवासीको भनाइअनुसार देवीदेवताको जात्राको पूजा कुस्ले पूजारी र भोजमा पोडेलाई थकाली राखी भोज खाने चलन छ । यो जात्रामा सात थरी जात मिलेर भोज खाने चलन छ । कसाईं, कुस्ले, गठे, ज्यापु, पोडे, प्रधान र सल्मी (सायमी) ले यो पर्वमा आफ्नै मौलिक बाजा पनि बजाउँदछन् ।
कीर्तिपुरमा यो जात्रामा इन्द्रायणी प्रमुख देवीको रूपमा लिइन्छ । पौगामा विष्णुदेवी र बालकुमारी ल्बोसी गाउँमा र ल्हवँखा गाउँमा भैरवलाई मत्स्य गाउँ र सतुंगलमा विष्णुदेवीलाई नःगाउँमा बालकुमारीको जात्रा गरिन्छ । कीर्तिपुरमा सप्तमीको दिन राति, मध्यरातमा राँगालाई बलि दिएर सुरु हुन्छ । दशमीको अन्तिम दिनमा कीर्तिपुरमा इन्द्रायणी र गणेशको जात्रा गरिन्छ । त्यतिबेला, आफ्नो ईष्ट, मित्र र नातेदारहरूलाई भोजमा बोलाई खुवाउने चलन छ । कीर्तिपुरमा राक्षसले दुःख दिने गरेको हुनाले त्यसलाई मारेर विजय उत्सव र खुशीयाली मनाएको हो भन्ने किंवदन्तिमा छ ।
मंसिर पूर्णिमा :
यस पूर्णिमाको विभिन्न नामकरण गरिएको छ । खास यो कुन पूर्णिमा हो, खोजी वा अनुसन्धान गर्दा पत्ता लागेअनुसार यो त्रेतायुगदेखि चलेको हो । त्यतिबेलाको समयमा राजाहरूले पनि खेती गर्दथे । मिथिला राज्य अथवा जनकपुरका राजा जनकले पनि खेती गर्दथे । राजा पनि धान रोप्ने समयमा खेतमा धान रोप्ने गर्दथे । त्यसैले मिथिला भूमिलाई कृषिभूमि भन्दछन् । असार महिनामा धान रोपी धान पाकिसके पछि मंसिर महिनामा धान काटेर घरभित्र राखिन्छ । राजाले पनि धानको मुरी बनाएर दरवारभित्र राखेको हुन्थ्यो । धान कुटेर चामल बनाई खाना खुवाउने चलन छ ।
त्यतिबेला चामल बनाउनुभन्दा अगाडि धानलाई भकारीमा राखेर पूजा गरिसकेपछि मात्र चामल बनाइन्थ्यो । यो धानलाई पूजा गर्न साइत हेरेर मात्र दिन तोक्ने गरिन्थ्यो । जोशीले धानलाई भकारीमा राखी पूजाका लागि मंसिर पूर्णिमाको दिन राम्रो साइत हुन्छ भनेअनुसार यस दिन धानलाई पूजा गरिसकेपछि यसको चामल पकाएर खाने गरिन्छ । यो मंसिर महिनाको पूर्णिमा, धानको पूजा गर्ने भएकोले यसलाई धान पूर्णिमा भनेको हो । पछि यसको अपभ्रंश भएर धान्य पूर्णिमा भयो । चामलको आफूलाई मन पर्ने रोटी बनाएर खाने भएकोले यसलाई मनपर्ने रोटी पूर्णिमा नेवारीमा योमरी पूर्णिमा भन्दछ । सबभन्दा पहिले यो मनपर्ने रोटी बनाएर खाने राजा जनक थिए ।
यो रोटी चामलको पिठोबाट बनाइन्छ । यो उसिनेर बनाउँदछन् । यस्तो पूजा गरी धानको चामल बनाएर सबभन्दा पहिले पृथ्वी मातालाई पूजा गरी खाजा खाने चलन छ । यो धान वा धान्य पूर्णिमाको दिनमा नेपाल अधिराज्यमा आफ्नो आफ्नो रीतिअनुसार मनाउने चलन छ । पृथ्वी माता, बसुन्धरा देवी, लक्ष्मी देवी अन्न देवतालाई नयाँ धान, विभिन्न प्रकारका रोटी बनाएर चढाई पूजा गर्ने चलन छ । यो दिन पूर्व बनेपा जिल्ला धनेश्वर मन्दिरमा मेला लाग्दछ । त्यतिबेला नयाँ बालीको पूजा गरी देवतालाई चढाई धनेश्वर देवताको पूजा गरी यो पर्व मनाउँदछ । यो पूर्णिमाको दिनमा धेरै जातिहरूको देवाली पूजा हुन्छन् । चौलागाईं, धामी, हुमागाईं, जोशी, ब्राहृमण, जातिको इष्ट देवताको पूजा हुन्छ ।
मंसिर महिना धादिङमा ठूलो मेला लाग्छ जुन त्रिपुरा सुन्दरी भगवतीको माईस्थान र बागी जात्राको नामले चिनिन्छ । धादिङको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरा सुन्दरी माईको जात्रा हरेक बर्ष मंसिर महिना उत्तम तिथि हेरेर मनाउने गरिन्छ । भगवतीलाई पिठ्युमा बोकेर तीन घण्टासम्म ओरालो बेसीको मन्दिरमा ल्याइन्छ । यसलाई स्थानीय भाषामा माइती ल्याएको भनिन्छ । त्रिपुरा देवीको मूर्ति राना, मगर, सापकोटा र तिमल्सिना पुजारीले हेर्न पनि हुँदैन छुन पनि पाउँदैनन् । घिमिरे जातिको गोठ पूजा हुन्छ । झुम्मा मन्दिरमा विष्टहरूले यो पर्व मनाउँदछ । यो दिनमा विशेष पूजा गरी चामल र दही मिसाएर खाने चलन छ । यसलाई चामल दही पर्व पनि भन्दछन् ।
रुकुमको मैकोटमा मैकोटवासीहरू (मगर) ले मंसिरमा धान बाली (अन्न) घर भित्र्याइसकेपछि यो पूर्णिमाको दिनमा पितृ पूजा गर्ने र इष्ट देवताको पूजा गरी राम्रा राम्रा प्रकारको खाना बनाएर खाने, पर्वका रूपमा मान्दछन् । यो पूजा गर्ने भक्तजनलाई उनका भान्जाहरूले ढाडमा बोकेर घरसम्म पुर्याउने चलन छ । यो संस्कार बौद्ध र हिन्दू धर्म मान्नेले मात्र गर्दछ । यो संस्कारबाट पहिलेदेखि धर्म निरपेक्षता रहेछ भन्ने देखिन्छ ।
काठमाडौंभित्रका बासिन्दाले योमरीभित्र चाकु र तिल मिसाएर बनाउँदछन् । यो बनाउँदा चामलको ढिँडो बनाएर, लाम्चो र डल्लो पारी एउटा प्वाल राखी, त्यो प्वालमा तिल र चाकु मिसावट गरेर झोल राखेर बनाएर, उसिनेर खाने चलन छ । अहिले योमरीभित्र खुवा, तरकारी राखेर पनि खान थालियो । आजकल यो पूर्णिमा मम बनाएर, भकारीमा धानको पूजा गर्ने चलन आइसकेको छ । योमरी बनाएर खाने तरिका उपत्यकाबाहिर नेपालको पूर्वतिरबाट आएको हो । चीनमा ६० हजार वर्षअघिदखि नै योमरी बनाएर खाने चलन थियो भन्ने इतिहासमा उल्लेख छ । चीनको सभ्यतादेखि नै योमरी खाने चलन सुरु भएको हो । यो कोरिया र जापानमा पनि खाने चलन छ तर योमरीभित्र मासु राखेर बनाएर खाने गर्दछन् र यसको अहिले पनि चलन छ ।
मंसिर मार्ग पूर्णिमा उघौली पर्व (चाकोवा) योमरी पूर्णिमा :
किरातीहरूको खेतमा रोपाइँ गरिसकेपछिको ६ महिनापछि अन्नबाली पाकेपछि, धान काटेर घरभित्र ल्याएर, धान कुटेर चामल बनाई पहिले ल्याएकोे चामललाई पिठो बनाई विभिन्न प्रकारका रोटी बनाई सबभन्दा पहिले देवीको पूजा गरी अथवा धन लक्ष्मी, प्रकृति देवीलाई पूजा गरिसकेपछि भित्र्याएको चामलको भात पकाएर खाइन्छ । यो देवतालाई चढाएरमात्र खाने गर्दछ । यो समयमा किराती समुदायमा उघौली पूजा गरिन्छ । धनसम्पत्ति प्राप्त होस्, सुख प्राप्त होस् भनेर प्रथना गरी यो पर्व मनाउँदछन् ।
यो पर्व मनाउने बेला धा, ध्येमे अथवा ढोल बाजा आदिवासी बाजा बजाएर स्त्री र पुरुष सकेला नाचगान गरिन्छ । यो पर्व हलेसी धाममा पनि विशेष पूजा गरी मनाउँदछ । हलेसी धाममा जात्रा अथवा मेला लाग्दछ । यो पर्व अथवा पूजा गर्ने दिन मंसिर शुल्क धान्य पूर्णिमा, योमरी पूर्णिमा, तमु ल्होसारको दिनमा किरातीहरूले उघौली पर्व मनाउँदछ । प्रकृति देवीलाई पूजा गरेपछि देवता खुशी हुन्छ भन्ने अझै पनि विश्वास छ ।
धान्य पूर्णिमाको दिनमा किराती समूह अथवा जातिले आफ्नो परम्पराको भेषभूषा लगाएर उधौली सकिला पर्व मनाउँदछन् । मानव सभ्यतादेखि अहिलेसम्मको समाजमा घटेको घटनालाई लिएर नाचगान गरिन्छ । यही नै सकिला सिली हो ।
धान्य पूर्णिमाको दिनमा किराती समूह अथवा जातिले आफ्नो परम्पराको भेषभुषा लगाएर उधौली सकिला पर्व मनाउँदछन् । मानव सभ्यतादेखि अहिलेसम्मको समाजमा घटेको घटनालाई लिएर नाचगान गरिन्छ । यही नै सकिला सिली हो । खास गरी यो नयाँ बाली नाली भित्र्याइएको नयाँ अन्न पहलाई चढाएको मात्र परिवारले मात्र यस सन्दर्भमा यो उधौली पर्व मान्दै आएका छन् । यो प्रकृति देवीलाई पूजा गरी, धन लक्ष्मीलाई पूजा गरी आय आर्जन राम्रो होस्, सुस्वास्थ्य राम्रो होस् भनेर किरात समुदायले परम्परागत कला संस्कृतिलाई रक्षा गर्दै यो सकेला उधौली पर्व मनाउँदै आएका छन् ।
द्वापर युगमा किरात राजा यलम्बरको जन्म भएको थियो, त्यसभन्दा अघि नै किरात वर्ग थियो भन्ने मानिसहरूको भनाइ छ । काठमाडौं अथवा उपत्यकामा बस्ने किरातीहरू ललितपुर हात्तीवनमा गएर किरातेश्वर मन्दिरमा सामूहिक पूजा गरी सकिला उधौली नाच नाच्ने गर्छन् । त्यही दिनमा टुँडिखेलमा साकिला उधौली पर्व मनाउँने गरिन्छ । किराती जातिले वर्षको दुई चोटि उभौली र उधौली पर्व मनाउँदछन् । यो दुवै पर्व प्रकृति देवतालाई सम्झेर मनाउँदछन् भने धानबाली पाकेपछि धानलाई अथवा अन्नबाली धानबालीलाई काटेर घर भित्र्याएपछि त्यस समय मनाउने पर्वलाई उधौली पर्व भन्दछ ।
किरात वंशका मानिसले भनेअनुसार किरात संस्कारअनुसार धान, मकै अन्नबाली भित्र्याएपछि त्यही अन्नबाली, फलफूल, रक्सी, मासु विभिन्न सर्दाम जुटाएर प्रकृतिको पूजा गर्ने चलन छ । त्यो पूजा गर्ने दिन मंसिर शुक्ल पक्ष धान पूर्णिमा, धान्य पूर्णिमा, योमरी पूर्णिमा, तमु ल्होसारको दिनलाई किरातीहरूले उधौली पर्व (वर्ष) भनेर मनाउँदछन् । प्रकृति देवतालाई पूजा गरेपछि देवता खुशी हुन्छन् भन्ने विश्वास छ । देवता खुशी भएपछि मानिसलाई निरोगीता, धन लाभ आदि प्राप्त हुन सक्छ भनेर नयाँ बाली खाएर यो उधौली पर्व नाचगान गरी मनाइन्छ । यो पर्व हरेक वर्ष मनाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच