पाल्पा । पाल्पा क्षेत्र नं .१ को प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार नारायणप्रसाद आचार्य विजयी हुनुुभएको छ । उहाँले ३१ हजार १ सय ३ मत ल्याई विजयी भएका हुुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कँंग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित हुुनुुभएको मुुख्य निर्वाचनको कार्यालयले जनाएको छ । पराजित गाहाले २० हजार २ सय ५६ मत ल्याउनु भएको छ ।
स्वतन्त्र उम्मेदवार विपिन कंडेलले २ हजार ८ सय ६३ मत ल्याएर तेस्रोमा हुुुनुुहुन्छ । यस्तै मंगोल नेशनल अर्गनाइजेसनका थम्मनबहादुर बूूढा मगरले १ हजार ९ सय १६, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर सिंजालीले २ सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीका उजर सिं दर्लामीले १ सय ९,स्वतन्त्र उम्मेदवार राजुु सुनारले ६६, जनता समाजवादी पार्टीका मेहरमान रानाले ५०, स्वतन्त्र उम्मेदवार नारायण न्यौपानेले २१, अर्का स्वतन्त्र डोलराज तिमिल्सीनाले ७ मत प्राप्त गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच