भक्तपुरमा पनि एमजी शोरुम

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले भक्तपुरको गठ्ठाघरमा दोस्रो एमजी शोरुम उद्घाटन गरेको छ । नयाँ शोरुमसँगै एमजीले नेपालभर फैलिएका १३ आउटलेटको सञ्जालमा एउटा आयाम थप्दै ग्राहक सेवा अझै बढाएको छ ।

सो अवसरमा पारामाउन्ट मोटर्सका जिएम सचिन अर्यालले भन्नुभयो, ‘दोस्रो एमजी शोरुम उद्घाटनले अतुलनीय सेवा र उल्लेखनीय स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता प्रष्ट पारेको छ । ग्राहकले नवीनतम् एमजी मोडेल एक्सप्लोर गर्ने र एक्सपर्ट गाइडेन्स प्राप्त गर्न सक्ने स्थान उपलब्ध गराउन पाउँदा हामी धेरै नै उत्साहित छौँ ।’

कम्पनीका अनुसार हाल नेपालभर एसी र डिसी गरेर १९ एमजी चार्जिङ स्टेसन सञ्चालनमा रहेका छन् । २०२३ को अन्त्यसम्ममा पारामाउन्ट मोटर्सले चार्जिङ स्टेशन संख्या ५० सम्म पु¥याउने लक्ष्य लिएको छ । पारामाउन्ट मोटर्सले देशका मुख्य स्थानहरू मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा डिसी चार्जिङ स्टेशन स्थापना गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?