जुम्ला । कासुन्दरी गाउँपालिका–८ मा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानल नै विजयी भएको हो । उहाँहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिनुभएको थियो ।
धनबहादुरले दुई सय ८८ मत प्राप्त गर्दै वडाध्यक्ष जित्नुभएको छ । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाही दुई सय २० मत ल्याएर पराजित हुनुभयो। वडा सदस्यमा गोल दमाई र कर्ण जीत सार्कीले जित्नुभयो। महिला सदस्यमा कांग्रेसकी रामुदेवी काफ्ले विजयी हुनुभयो ।
दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल विजयी हुनुभयो । कनकासुन्दरी(८ मा वडाध्यक्षसहित चार जना स्वतन्त्र उम्मेदवार जितेका छन् ।
एक जना महिला सदस्य मात्र कांग्रेसबाट विजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच