जनप्रतिनिधिकाे पहलमा रोकियो बालविवाह

नाबालिकालाई उनकै बुवासँग जिम्मा लगाउँदै जनप्रतिनिधि । तस्बिरः मानबहादुर बिश्वकर्मा

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । उमेर नपुगेरै विवाह गर्न खोज्दा कालीकोट रास्कोटमा एक जोडिलाई जनप्रतिनिधिले रोकेका छन् । बाजुरा घर भएकी १५ वर्षिय एक किशोरी र रास्कोट नगरपालिका-४ निवासी २० बर्षिया किशोर बिच विवाह हुँन लाग्दा वडा नम्बर ४ का वडाध्यक्ष दिनेश संज्याल र समाजसेवी गुरुराज संज्याललगायत स्थानीयको पहलमा बाल विवाह रोकिएको हो ।

पुस १९ गते बाजुरा जगन्नाथ गाउँपालिका निवासी १५ वर्षीया एक किशोरीलाई भगाएर रास्कोट ल्याएका थिए । उमेर नपुगी बिवाह गर्नु कानुनी अपराध भएको भन्दै स्थानीय र जनप्रतिनिधिलाई जानकारी भएपछी आइतबार किशोरीलाई उनकै बुवा बिरमान सार्कीको जिम्मा लगाएको धर्मदत्त फाउण्डेशनका अध्यक्ष तथा इन्जिनियर गुरुराज संज्यालले बताउनुभएको छ ।

स्थानीय जनप्रतिनिधिको रोहवरमा किशोरीलाई आफन्तको जिम्मा लगाएका छौँ समाजसेवी संज्यालले भन्नुभयो, 'अहिले किशोरीको उमेर १५ वर्ष मात्र भयो । कानुनी रुपमा विवाह गर्न अझै ५ वर्ष वाँकी छ । ५ वर्षपछी यही जोडिले राजीखुशीमा विवाह गर्न चाहेमा विवाह गर्ने शर्तमा कागज बनाएर बाल विवाह बदर गरेका छौँ ।' किशोरीलाई उनकै बुवाको जिम्मा लगाएर पठाएको संज्यालले बताउनुभयो ।

अशिक्षा र अज्ञानताले पहिला पहिला जे जस्ता अपराध भएपनी अव सामाजिक अपराध हुँन नदिने वडाध्यक्ष दिनेश संज्यालले बताउनभयो । उमेर नपुगी हुँने बाल विवाह अझैपनी हाम्रो समाजमा भइरहेका छन् । यस्तो अपराधको अन्त्य गर्न हामि सवैको दाहित्व रहेको भन्दै १५ वर्षिय नाबालिकालाई आज घर फर्काएका छौँ । पढ्ने लेख्ने यस्तो कलिलो उमेरमा गर्ने विवाहले धेरैको शारिरिक रुपमा पनी कमजोर भएको पाइन्छ । आज किशोरीको नयाँ जिवन दिलाएको छौँ अध्यक्ष संज्यालले भन्नुभयो ।

उमेर नपुगी विवाह गर्नेको संख्यामा डरलाग्दो अवस्था रहेकाले यहाँ अझै लुकी छिपी बालविवाह गरिरहेको पाइन्छ । पछिल्लो समय केही संघसंस्था र जनप्रतिनिधिको पहलमा बालविवाह रोकिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?