कुशवाहाको अग्रता उल्टाउदै बारा-२ मा जसपाका रामसहाय यादव निर्वाचित

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

बारा । बारा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सभा सदस्यमा जनता समाजवादी पार्टीका रामसहाय यादव निर्वाचित हुनुभएको छ । यादव ३५४ मतान्तरले निर्वाचित हुनुभएको हो ।

यादवले १३ हजार ८२२ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले १३ हजार ४६८ मत प्राप्त गर्नुभयो ।

यादव दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । यसअघि ०७४ को निर्वाचनमा पनि यादव संघीय समाजवादी फोरम (हाल जसपा) बाट निर्वाचित हुनुभएको थियो । पूर्ववनमन्त्री रहनुभएका यादवले मतगणनाको अन्तिम समयमा माओवादी केन्द्रका उम्मेदवार कुशवाहाको अग्रता उल्टाउदै जित हात पार्नुभएको हो ।

यादवले जितसँगै बाराको चार वटै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ दुई वटामा एमाले, एकमा जसपा र एकमा एकीकृत समाजवादी विजयी भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?