मर्मत गरेको दुई महिना नपुग्दै भत्कियो मेची राजमार्ग, राज्यको लाखौँ रकम सत्यानास

Read Time = 4 mins

प्रकाश नेपाल
इलाम । इलाम भन्ने बितिकै सुन्दर सफा छ भन्ने सबैलाई लाग्न सक्छ । हुन पनि हो, इलाम तपाइँले कल्पना गरे जस्तै नै छ तर प्राकृतिक रुपमा इलाम जति सुन्दर छ जस्लाई सडकले भने सधै गिज्याई रहेको मात्र छैन सुन्दर इलामलाई कुरुप नै बनाईदिएको छ ।

यहाँको मुख्य राजमार्गका रुपमा परिचित मेची राजमार्ग लाखौँ रुपैयाँ खर्चेर सडक मर्मत गरेको २ महिना नपुग्दै सडक कालोपत्रे हो कि कच्ची हो भन्ने छुट्याउन सक्ने अवस्थामा देखिँदैन । मेची राजमार्ग अन्तर्गत फिक्कलदेखि बिब्ल्याँटेसम्मको राजमार्गका दर्जनौं स्थानमा मर्मत गरेकै स्थान भत्कीएर दुर्घटनाको जोखिम समेत बढेको छ । डिभिजन सडक कार्यालय इलामले ठेक्का लगाएको माइखोला–बिब्ल्याँटे र माइखोला–फिक्कल खण्डमा राजमार्ग खाडल पर्न थालेको हो । माइखोला–बिब्ल्याँटे खण्डमा सडक भासिएर बर्षौ देखि सास्ती भोग्दै आएका मेची राजमार्गमा यात्रा गर्ने यात्रुले अहिले सडक मर्मत गरेको २ महिना नबित्दै भत्किएको सडकको यात्रा गर्न बाध्य बनेका छन् भने यातायत ब्याबसायी समेत सडक बिगिएर आजित बनेका छन् । इलामका यातायात ब्याबसायी इलाम सोनाम याल्मुले यो सडक निमार्णमा डिभिजन सडक कार्यालयले लापरबाही गरेको आरोप लगाउनुभयो । उहाँले सडक गुणस्तरहिन काम गर्नेलाई कारबाही गनुपर्ने बताउनुभयो ।

राज्यको लाखौ रकम खर्चेर मर्मत गरेको यो ठाउँमा अहिले सवारीका साधन चलाउन समस्या पर्न थालेपछि अहिले स्थानियले सामाजिक सञ्जालमार्फत् विरोध समेत जनाइरहेका छन् । माइखोला–बिब्ल्याँटे खण्डको राजमार्ग मर्मतको ठेक्का ७२ लाख रुपैयाँमा लागेको हो । निर्माण कम्पनीले भने २४ लाख रुपैयाँ हाराहारीमा भुक्तानी लिइसकेको भएपनि भत्कीएको सडक बनारएपछि मात्र अरु रकम भुक्तानी हुने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । कार्यालयका इन्जिनियर राजेश यादबका अनुसार मौसम खुलेपछि असोज कार्तिक तिर पुन सडक मर्मतको काम गरिने बताउनुभयो ।

मर्मत गरिएका ठाउँ–ठाउँमा सडक खाडल परेको छ । यो सडक खण्डमा वैशाखमा मर्मत गरिएको हो । तर, असार तेस्रो साता नपुग्दै बिग्रिएको हो ।
यता इलाम नगरपालिकाको राजदुवाली खण्डमा करोडौं रुपैयाँ खर्चिए पनि सडक भासिने क्रम रोकिएको छैन । भासिएको सडक बनाउन रक एङकरिङ प्रविधिबाट काम गरिए पनि उपयोगी हुन सकेन  । करोडौ रुपैयाँ खर्च गरी सडकको तीन खण्डमा रक एङकरिङ प्रविधि अपनाइए पनि समस्याको समाधान हुन सकेको छैन । उक्त सडक भएर इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमसम्मका बासिन्दालाई तराईसँगको सम्पर्क गाँसिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?