भ्याली पब्लिकको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आयोजक भ्याली पब्लिकले १५औँ माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । भ्याली पब्लिकले सिनियर ब्वाइज, जुनियर ब्वाइज र सिनियर गल्र्स तीनै स्पर्धामा जितका साथ यात्रा प्रारम्भ गरेको हो ।

सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबिए) लाई ३७-१६ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा अनमोल गुरुङ र ईश्वर घलेले समान ११-११ अंकको योगदान गर्नुभयो । अशोक विक र छिमे तामाङको समान पाँच/पाँच अंकको सहयोगमा भ्याली पब्लिकले इबिएलाई १३-८ ले हरायो । सिनियर गल्र्समा भ्याली पब्लिकले केभिकेएसएसलाई २५-११ ले पन्छायो । भ्याली पब्लिककी मुस्कान गुरुङले ११ स्कोर गर्नुभयो ।

माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताअन्तर्गत सिनियर ब्वाइजको अन्य खेलमा सैनिकले एलआरआईलाई ४८-२५, एन्जल्स हार्टले केभिकेएसएसलाई २८-२० तथा एचएचसिएले पृथ्वीलाई २८-२५ ले पाखा लगाउनुभयो । सैनिकका सुवोध चापागाईंले १५, एन्जल्स हार्टका निक्सन गर्वुजाले नौ र एचएचसिएका दिप्सन राईले १५ अंक बटुल्नुभयो ।
जुनियर ब्वाइजमा एन्जल्स हार्टले संस्कृतिलाई ३८-२८ ले निराश पार्‍यो । एन्जल्स हार्टका प्रतीक कँडेलले १५ अंक जोड्नुभयो ।

सिनियर गल्र्समा एचएचसिएले जुगलमाथि २६-१२ को जित दर्ता गर्‍यो । एचएचसिएकी सारा घलेले १४ अंक जोड्नुभयो ।
प्रतियोगितामा सिनियर ब्वाइजमा २५ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२-१२ टिम गरी जम्मा ४९ टिम सहभागी छन् । लिग कम नकआउट पद्धतिमा भइरहेको प्रतियोगिताको फाइनल मंसिर १८ गते हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?