समूह चरणबाटै बाहिरियो आयोजक

Read Time = 3 mins

 दोहा । फिफा विश्वकप २०२२ को आयोजक टोली कतार समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ मा लगातार दोस्रो हारसँगै कतारको अगाडिको बाटो बन्द भएको हो । शुक्रबार राती सेनेगलसँग ३-१ गोलअन्तरले पराजित हुँदै कतार विश्वकपबाट बाहिरिएको हो । यसअघि आइतबार भएको उद्घाटन खेलमा कतार इक्वेडरसँग २-० गोलअन्तरले पराजित भएको थियो ।
विश्वकप नै नखेलेको देशले विश्वकप आयोजना गर्नु तथा अरब क्षेत्रमा पहिलो विश्वकप आयोजकका रूपमा कतारले इतिहास बनाएको थियो । तर, सन् २०१० (दक्षिण अफ्रिका) पछि आयोजकका रूपमा समूह चरणबाटै बाहिरिने कतार दोस्रो राष्ट्र बन्यो । योसँगै कतारको पहिलो विश्वकपको यात्रा पनि ६ दिनमै सकिएको छ । अब कतारले प्रतिष्ठाका लागि मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

शुक्रबार राती कतारका लागि सेनेगलविरुद्ध ३-१ को हारमा मोहमद मुन्टारीले गोल गर्नुभयो । त्यसले उहाँलाई विश्वकपमा गोल गर्ने पहिलो कतारी खेलाडी बनायो । कतार फिफा विश्वकप इतिहासमा गोल गर्ने ७५औँ राष्ट्र पनि बन्यो ।

समूह ‘ए’ मा शुक्रबार भएको अर्को खेलमा नेदरल्याण्ड्स र इक्वेडरबीच १-१ को बराबरी भएपछि कतार समूह चरणबाट नै बाहिरिने निश्चित भएको हो । यस्तै, समूहको दुई खेल हार्ने कतार पहिलो आयोजक राष्ट्र बन्यो । कतार बिना कुनै अंक समूहको पुछारमा छ । नेदरल्याण्ड्स र इक्वेडरको चार/चार तथा सेनेगलले तीन अंक जोडेको छ । कतारले अब अन्तिम खेलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

खेलको ४१औँ मिनेटमा डियाले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफको सुरुवातमै सेनेगलले फामारा देधिउको हेडरमा अग्रता दोब्बर पार्‍यो । ७८औँ मिनेटमा कतारका लागि मोहमद मुन्टारीले एक गोल फर्काउनुभएको थियो ।

८४औँ मिनेटमा बाम्बा डिएङले गोल गर्दै क्यामरुनको जित निश्चित गर्नुभयो । यस जितसँगै सेनेगलले नकआउट चरणमा पुग्ने सम्भावना जीवित राखेको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
सेबोनमाथि सांसद अधिकारीको प्रश्नः ‘वर्षौंसम्म उधारो शेयर कारोबार कसरी लुक्यो ?’ डोलेश्वर महादेवमा साउन १ देखि ३८ दिने श्रावणी मेला, सम्पूर्ण तयारी पूरा ड्युटीमा फर्किए महानगर प्रहरी, जथाभावी पार्किङविरुद्ध कारबाही सुरु राष्ट्र बैंकद्वारा एक खर्ब रुपैयाँ निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान एलपी ग्यास वितरणलाई प्रविधिमैत्री बनाउन सभापति अन्सारीको माग, ‘एकीकृत प्रणाली तत्काल लागू… उचित मूल्यको माग गर्दै किसानले माइतीघरमा टमाटर फाले, सरकारविरुद्ध प्रदर्शन रौतहटका २८ वर्षीय युवाद्वारा आत्म*दाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर बजार घट्दा पनि नाफा हुने ‘सर्ट सेलिङ’ प्रणाली छिट्टै लागू गर्दैछौँः अध्यक्ष… आउटसोर्सिङको विरोधमा १८ मन्त्रालयका करार कर्मचारी सिंहदरबार अगाडि धर्नामा ‘प्रि-आईपीओ’का नाममा हुने अवैध कारोबारमाथि कारबाही हुन्छ : सेबोन अध्यक्ष डा. भट्ट