लागुऔषधसहित ६ जना पक्राउ

Read Time = 1 min

काठमाडौं । झापा र गोरखामा गरी अवैध लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका–७ पालिया पुलस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सोही नगरपालिका–८ बस्ने २० वर्षीय सुसन राजवंशीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी, ईलाका प्रहरी कार्यालय काकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरीले २४  वर्षीय मिनबहादुर उप्रेतीसहित तीनजनालाई  २ ग्राम अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ ।

घरमा लुकाई छिपाई राखेको लागूऔषध डाईजेपाम ५८ पिस, फेनारगन ५८ पिस, नोफिन ५८ पिस, नगद २८ हजार रुपैयाँ र मोबाईल ४ थानसहित गोरखाको गोरखा नगरपालिका–१० छेपेटार बस्ने ३० वर्षीय अजय गुरुङसमेत दुई जनालाई उक्त लागुऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?