भोजपुरबाट निर्वाचित प्रतिनिधि तथा प्रदेशसभा सदस्यलाई प्रमाणपत्र बितरण

हिमालय टाइम्स
Read Time = 2 mins

भोजपुर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले प्रमाणपत्र बितरण गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक कार्यक्रमको आयोजना गरी प्रतिनिधीसभा तर्फ विजयी नेकपा माओवादी केन्द्रका सुदन किराती, प्रदेशसभा १ बाट विजयी एकीकृत समाजवादीका नेता तथा प्रदेश नम्वर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा २ मा विजयी कांग्रेस जिल्ला सभापति विनोद बान्तवालाई प्रमाणपत्र बितरण गरेको हो ।

भोजपुरका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मणीराम न्यौपाने संघ तथा प्रदेशसभामा विजयी तीनै जनालाई औपचारिकरुपमा विजयी घोषणा गर्दे प्रमाणपत्र बितरण गर्नु भयो ।

सोक्रममा बोल्दै निर्वाचित प्रतिनिधीसभा तथा प्रदेशसभा सदस्यहरुले जनताले राखेको विकास र समृद्धिको आशा अनुसार आफुहरुले काम गर्ने धारणा राख्नुभएको थियो । सोक्रममा प्रदेश नम्वर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निर्वाचन कार्यालयले विजय भएको प्रमाणपत्र बितरण गरेकाले आफु अव सवैको साझा प्रदेशसभा सदस्य भएकाले विकासका लागि अव सवै पक्ष मिल्ने अगाडी बढ्नु पर्ने बताउनु भयो ।

निर्वाचनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै जिल्ला स्थित सुरक्षा निकाय प्रमुख र कर्मचारीलाई समेत कदर पत्र प्रदान गरिएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?