क्रोएसियाको पहिलो जित, क्यानडा बाहिरियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ को दोस्रो खेलमा क्रोएसियाले क्यानडालाई पराजित गरेको छ ।

कालिफा अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार राति भएको खेलमा क्रोएसियाले क्यानडालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । खेलमा क्यानडाले सुरुआती अग्रता लिएको थियो ।

खेलको दोस्रो मिनेटमा अल्फोन्सो डेभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । डेभिसले विश्वकपमा क्यानडाका लागि गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाए ।

खेलको ३६ औं मिनेटमा क्रोएसियाका आन्द्रेज क्रमारिकले गोल गर्दै टोलीलाई बराबरीमा ल्याए । खेलको ४४ औं मिनेटमा मार्को लाभाजले गोल गर्दै क्रोएसियालाई २-१ को अग्रता दिलाए । खेलको ७०औं मिनेटमा क्रमारिकले दोस्रो गोल गर्दै क्रोएसियालाई ३-१ को अवस्थामा पुर्याए । दोस्रो हाफको इन्जुरी समयमा क्रोएसियाका लोभ्रो मजेरले गोल गर्दै टोलीलाई ४-१ गोल अन्तरको जित दिलाए ।

यो जितसँगै २ खेलबाट ४ अंक जोडेको क्रोएसिया समूह ‘एफ’ को शीर्ष स्थानमा छ । पराजित क्यानडा २ खेलबाट अंकबिहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । क्यानडा पहिलो खेलमा बेल्जियमसँग हारेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?