पृथ्वी र बिएनए सफल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । पृथ्वी र वसुन्धारा नेसनल एकेडेमी (बिएनए) ले १५औँ माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सफलता पाएका छन् । भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा पृथ्वीले पारा माउन्टलाई ३०-१९ ले पराजित गर्‍यो । विजेताका गौतम मगरले २६ अंक जोड्नुभयो । बिएनएले युनिभर्सिटीलाई ३३-१७ ले हरायो । बिएनएका सन्देश गौतमले २० स्कोर गर्नुभयो ।

सिनियर ब्वाइजमै आयोजक भ्याली पब्लिकले मिश्रित नतिजा निकाल्यो । टिआइएले आयोजक भ्याली पब्लिक ‘बी’ माथि २८-२६ को कठिन जित दर्ता गर्‍यो । टिआइको जितमा कृष्ण महर्जनले नौ अंकको योगदान गर्नुभयो ।

आरोध कार्कीको १२ अंकको सहयोगमा भ्याली पब्लिक ‘ए’ ले बिएमसीएलाई ३९-२५ ले पन्छायो । ग्रिनल्याण्डले भद्रकालीलाई ५०-२५ को फराकिलो अन्तरले निराश पार्‍यो । विजयी टिमका लागि दिवस भुजेल र रोहन श्रेष्ठले समान १५-१५ अंक बटुल्नुभयो । जुनियर ब्वाइजमा बिएनएले एनसिसिएसलाई ३२-१७ तथा भ्याली पब्लिकले ड्याफोडिललाई १६–७ ले पराजित गर्‍यो । बिएनएका एलेक्स गुरुङले १२ तथा भ्याली पब्लिकका छिमे तामाङले सात अंक जोड्नुभयो ।

सिनियर गल्र्समा ग्रिनल्याण्डले फेरिल्याण्डलाई २१-१४ तथा पृथ्वीले विस्डमलाई ३६-१० ले हरायो । ग्रिनल्याण्डकी जेनिशा श्रेष्ठले १० तथा पृथ्वीकी दावा ल्हामु गुरुङले १४ स्कोर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?