महावीर पुन सडक आन्दोलनमा

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको आरोप

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शुक्रबारदेखि माइतीघर मण्डलामा धर्ना सुरु गर्नुभएको छ । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै उहाँले आन्दोलनस्वरूप धर्ना थाल्नुभएको हो । महावीरसँगै धर्नामा बसेकाहरूले ‘स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने प्रमुख माग अघि सार्नुभएको छ । आफ्ना मागबारे पुनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर जानकारीसमेत गराउनुभएको थियो ।

सरकारले सडकमा आउन बाध्य पार्‍यो : पुन
उहाँले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूको लागि केही नगरेकाले दबाबस्वरूप आन्दोलन गर्नुपरेको बताउनुभयो । पुनले नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेको भन्दै यो विषयमा जनस्तरमा सचेतना जगाउनको लागि आन्दोलन गर्नुपरेको जिकिर गर्नुभएको छ । उहाँले नयाँ विषयहरूको आविष्कार गर्ने, नयाँ प्रवद्र्धन गर्ने काम गर्न नसके मुलुकको अर्थतन्त्रलाई सुधार गर्न नसकिने भन्दै अर्थतन्त्र सुधार हुन नसक्दा नेपाली युवाहरू विदेश जान बाध्य हुने बताउनुभयो । उहाँले अर्थतन्त्र सुधारको लागि सरकारको प्रमुख प्राथमिकतासाथ अनुसन्धान, आविष्कार र नवप्रवर्तन क्षेत्रमा लगानी गर्नुपर्ने धारण राख्नुभएको छ । पुनले यो क्षेत्रको विकासको लागि १० वर्षसम्म सरकारका सबै मन्त्रालयहरूमा पुगेर सबै मन्त्री र नेताहरूसँग भेट्दासमेत केही गर्न नसकिएको गुनासो व्यक्त गर्नुभयो । उहाँले पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दासमेत सरकारले नदेखेको दुःखेसो पोख्नुभयो ।

पुनले आन्दोलनमा अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको एक प्रतिशत रकम छुट्याउन माग गर्नुभएको छ । उहाँ प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।

यस्तै, पुनले स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने कानुन बनाउन, नवउद्यमीहरूलाई हतोत्साह नगर्न, उद्यमशीलताको विकास गर्न नवउद्यमी पहिचान र प्रवद्र्र्धन समिति बनाउन र व्यावहारिक अनुसन्धानलाई प्रवद्र्धन गर्न व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्न माग गर्नुभएको छ । यस्तै, पुनले यात्री मोटरसाइकललाई तुरुन्त लाइसेन्स प्लेट दिने व्यवस्था तत्काल गर्न माग गर्नुभएको छ । पुरानो गाडीहरूलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति मागसमेत उहाँको छ ।

कानुनी अड्चन देखाएर स्वदेशी उत्पादन ‘यात्री’लाई कानुनी प्रावधान देखाएर सरकारले दर्ता (नम्बर प्लेट) नदिएको भन्दै उहाँले यसअघि नै आन्दोलनमा उत्रिने घोषणा गर्नुभएको थियो । स्वदेशी उत्पादन तथा आविष्कारलाई सरकारले कानुनी अड्चन देखाएर हैरानी दिएको उहाँको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नयाँ कप्तानसँगै नेपाली क्रिकेटमा नयाँ युग सुरु भएको छ’ : प्रशिक्षक स्टुअर्ट… रेसुङ्गामा स्नातकोत्तर प्रथम सेमेस्टरको भर्ना निःशुल्क शेरबहादुरजीकै नेतृत्वमा कांग्रेस अगाडि बढ्छ : शशांक कोइराला कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन : शशांक कोइराला राष्ट्रिय भेलामा पुगे देउवा, सबै उठेर गरे स्वागत प्रहरी प्रमुखमाथि जुन व्यवहार भएको छ, त्यसप्रति ध्यानाकर्षण भएको छ : गृहमन्त्री… कांग्रेस इतर पक्षको राष्ट्रिय भेलामा देउवा सहभागी, मञ्चमा संस्थापन पक्षका नेतालाई पनि… एसीसी पुरुष प्रिमियर कपका लागि नेपाली टोली भारतमा १० दिन तयारी गर्ने दुर्गा प्रसाईंबिनै धवलशमशेरले दर्ता गरे ‘जय नेपाल पार्टी’, चुनाव चिन्ह त्रिभुज मानव अधिकार आयोगका ५२ प्रतिशतभन्दा बढी सिफारिस कार्यान्वयन भएनन्