हिजाबविरोधी आन्दोलनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका इरानी अभिनेता रिहा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । देशव्यापी विरोध प्रदर्शनलाई समर्थन गरेको आरोपमा पक्राउ परेका एक प्रख्यात इरानी अभिनेतालाई एक साताभन्दा बढी समयपछि जमानतमा रिहा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

हेन्गामेह गाजियानी न्यायिक अधिकारीहरूको आदेशको आधारमा रिहा भएका राज्य समाचार एजेन्सी इआरएनएले रिपोर्ट गरेको छ।

उनलाई जमानतमा रिहा गरिएको तस्निम समाचार संस्थाले जनाएको छ । यसअघि बैंकमा हिजाब नलगाएकी महिलालाई बैंकिङ सेवा दिए बापत एक इरानी बैंक प्रबन्धकलाई बर्खास्त गरिएको थियो ।

उनलाई गभर्नरको आदेशले आफ्नो पदबाट हटाइयो डेपुटी गभर्नर अहमद हाजिजादेहलाई उद्धृत गर्दै मेहर समाचार संस्थाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?