इरानमा युवतीको मृत्युसँगै भड्किएको प्रदर्शनमा ३०० बढीको मृत्यु

Read Time = 1 min
A A- A+

तेहरान । इरानमा सेप्टेम्बर १६ मा नैतिकता प्रहरीको हिरासतमा एक युवतीको मृत्युसँगै भड्किएको विरोध प्रदर्शनपछि अहिलेसम्म ३०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको रेभोलुसनरी गार्डका एक जनरलले मंगलबार बताए ।

‘महिलाको मृत्युबाट देशका सबैजना प्रभावित भएका छन् । मसँग पछिल्लो तथ्यांक छैन ।  तर मलाई लाग्छ यो घटनापछि बालबालिकासहित ३०० भन्दा बढी मानिसको मृत्यु भएको छ ’, गार्ड्सको एयरोस्पेस डिभिजनका प्रमुख ब्रिगेडियर जनरल अमिराली हाजिजादेहले भने ।

मृत्यु हुनेमा सेना, प्रहरी र मिलिसिया पनि छन् । ओस्लोस्थित इरान ह्यमुन राइट्सले इरान प्रदर्शनमा ४१६ जना मारिएको यसअघि नै जनाएको छ ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?