काठमाडौं । काठमाडौं महानगरपालिका ११औँ काठमाडौं जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा टिम च्याम्पियन बनेको छ । विभिन्न ६ खेल समावेश खेलकुदमा काठमाडौं १४ स्वर्ण, १० रजत र १४ कास्यसाथ समग्रमा टिम च्याम्पियन बनेको हो ।
काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ११ रजत र ११ कास्यसहित गोकर्णेश्वर नगरपालिका दोस्रो भयो । तेस्रो स्थानको चन्द्रागिरि नगरपालिकाले १० स्वर्ण, १० रजत र १८ कास्य जित्यो । बुढानीलकण्ठ नगरपालिका सात स्वर्ण, सात रजत र ६ कास्य, शंखरापुर नगरपालिका ६ स्वर्ण, पाँच रजत र चार कास्य, नागार्जुन नगरपालिका तीन स्वर्ण, तीन रजत र चार कास्य तथा तारकेश्वर नगरपालिका १ स्वर्ण र एक रजत जित्दै क्रमशः चौथोदेखि सातौं स्थानमा रहे ।
विजेतालाई काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपती, आयोजक समितिकी कार्यालय प्रमुख ज्योति राईलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । तीनदिने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराँते, तेक्वान्दो र उसुमा प्रतिस्पर्धा भएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
कविता : निमन्त्रणा छ बालेन