घानाले दक्षिण कोरियालाई हरायो

Read Time = 2 mins

दोहा । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’ को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ । कतारको एजुकेसन सिटी स्टेडियममा भएको खेलमा घाना दक्षिण कोरियालाई तीन-दुई गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुवाती अग्रता दिलाउनुभयो । त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका अर्का खेलाडी मोहमद कुडुसले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

कोरियाका लागि चो गी सुङले दुई गोल गर्नुभयो । उहाँले खेलको ५८औँ र ६१औँ मिनेटमा दुई गोल गर्नुभएको हो । त्यस्तै, खेलको ६८औँ मिनेटमा घानाका मोहमद कुडुसले व्यक्तिगत दोस्रो गोल गर्नुभयो भने आफ्नो टोलीको जितसमेत सुनिश्चित गर्नुभयो ।

यस जितसँगै समूह ‘एच’ मा रहेको घानाले तीन अंक जोडेको छ । यता, हारसँगै दक्षिण कोरिया एक अंकका साथ समूहको पुछारमा रहेको छ । घाना पहिलो खेलमा पोर्चुगलसँग तीन-दुई गोलको अन्तरले पराजित भएको थियो । दक्षिण कोरियाले भने उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?