काठमाडौं । नेपाली भेट्रान खेलाडी उद्धव थापा मगरले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जित्नुभएको छ ।
युकेको ओर्चेस्टरमा नोभेम्बर २७ तारिखमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण तथा वेपन प्याटर्न फर्ममा रजत जित्नुभएको नेपाल उमा कुङ्फु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाउनुभएको छ । उद्धवले ४५ वर्षमाथि उमेर समूहमा सफलता हात पार्नुभएको हो ।
नेपाल उमा कुङ्फु संघका संस्थापक अध्यक्ष उद्धव हाल उमा कुङ्फुका सहायक मुख्य प्रशिक्षक हुनुहुन्छ । अन्तर्राष्ट्रिय निर्णायकसमेत रहनुभएका उद्धव फाइट ब्याक सेल्फ डिफेन्स नेपालका प्रमुख प्रशिक्षक हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच