नकआउट चरणका दुई खेल तय

Read Time = 5 mins

दोहा । फिफा विश्वकप कतार २०२२ अन्तर्गत नकआउट चरणका दुई खेल तय भएका छन् । समूह ‘ए’ र ‘बी’ को खेल सकिएसँगै दुई टोलीका प्रतिद्वन्द्वी तय भएका हुन् । मंगलबार राती समूह ‘ए’ मा नेदरल्याण्ड्स र सेनेगलले आ-आफ्नो खेलमा जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका थिए । त्यस्तै, समूह ‘बी’ बाट पनि इंग्ल्याण्ड र अमेरिका नकआउट चरणमा स्थान बनाउन सफल भए । अब अन्तिम १६ चरणमा नेदरल्याण्ड्सले अमेरिकाको सामना गर्नेछ । त्यस्तै, इंग्ल्याण्डले क्वाटरफाइनलमा सेनेगलको सामना गर्नेछ ।

नेदरल्याण्ड्सले कतारलाई २-० ले हराउँदै समूह विजेता बन्यो । नेदरल्याण्ड्स तीन खेलमा सात अंक जोड्दै अपराजित रहृयो । त्यस्तै, सेनेगलले इक्वेडरमाथि २-१ को जित हासिल गर्दै उपविजेता बन्यो । सेनेगल ६ अंकका साथ अघि बढ्दा इक्वेडर चार अंक जोड्दै तेस्रो र कतार बिनाअंक पुछारमा रहृयो ।

समूह ‘बी’ मा इंग्ल्याण्ड तीन खेलमा सात अंक जोड्दै शीर्ष स्थानमा रहृयो । अन्तिम खेलमा इंग्ल्याण्डले वेल्सलाई ३–० ले हरायो । अमेरिकाले इरानलाई हराउँदै अपराजित रहेरै नकआउट चरणमा पुग्यो । तीन खेलमा अमेरिकाले पाँच अंक जोड्दा इरान तीन अंक र वेल्स एक अंकमा सीमित रहे ।

मंगलबार अहमद बिन अली रंगशालामा वेल्सलाई ३-० ले हराउँदै इंग्ल्याण्ड समूहको शीर्षस्थानमा रहृयो । इंग्ल्याण्डका लागि वेल्सविरुद्ध मार्कस रासफर्डले दुई र फिल फोडेनले एक गोेल गर्नुभयो ।

खेलको ५० औँ मिनेटमा रासफर्डले फ्रिकिकमा सिधै गोल गर्नुभयो । उहाँले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलरक्षक ड्यानी वार्डले बचाउन सक्नुभएन । सुरुवाती अग्रता लिएको दुई मिनेटपछि नै इंग्ल्याण्डले दोस्रो गोल थप्यो । हृयारी केनले दायाँ विंगबाट दिएको लो क्रसमा अनमार्क रहनुभएका फिल फोडेनले फार पोस्टबाट गोल गर्दै स्कोर २-० बनाउनुभएको थियो ।

यस्तै, अर्को खेलमा समूह ‘बी’ बाट अमेरिका उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्‍यो । अल थुमामा रंगशालामा मंगलबार राती इरानलाई १-० ले हराउँदै अमेरिका समूह उपविजेता बन्यो । पराजित इरान भने समूह चरणबाटै बाहिरिएको छ । अमेरिकाको जितमा क्रिस्टियन पुलिसिचले निर्णायक गोल गर्नुभयो ।

३९औँ मिनेटमा अमेरिकाका सर्जिनो डेस्टले हेडरमार्फत् दिएको पासलाई क्रिस्टियन पुलिसिचले पोस्टको दिशा दिँदै गोल गर्नुभयो । सोही गोल नै खेलको निर्णायक बन्यो । समूह ‘बी’ कै अर्को खेलमा इंग्ल्याण्डले वेल्सलाई ३-० ले पराजित गर्‍यो । यस नतिजासँगै इंग्ल्याण्ड समूहको शीर्षस्थानमा रहेर नकआउट चरणमा प्रवेश गर्‍यो ।

यस्तै, नेदरल्याण्ड्सले समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा स्थान बनायो । समूहको अन्तिम खेलमा कतारलाई २-० गोलअन्तरले हराउँदै नेदरल्याण्ड्स समूह चरणमा प्रवेश ग¥यो । खेलको २६औँ मिनेटमा कोडी गाक्पोले गोल गर्दै नेदरल्याण्ड्सलाई सुरुवाती अग्रता दिलाउनुभयो । दोस्रो हाफको सुरुवातमै नेदरल्याण्ड्सले अग्रता दोब्बर बनायो । फ्रेन्की डे जोङले ४८औँ मिनेटमा कतारी डिफेन्सको गल्तीमा गोल थप्नुभयो ।

नेदरल्याण्ड्सले तीन खेलमा सात अंक जोड्दै अंक तालिकामा शीर्षस्थान हासिल गर्‍यो । कतार अंकविहीन रहँदै तालिकाको पुछारमा रहृयो । समूहको अन्तिम खेलमा सेनेगलले इक्वेडरलाई हराउँदै नकआउट चरणमा प्रवेश गर्‍यो । सेनेगलले तीन खेलमा दुई जितसहित ६ अंक जोड्दै दोस्रो स्थान हासिल ग¥यो । इक्वेडर चार अंकसहित तेस्रो स्थानमा सीमित रहृयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?