जयरामघाटमा अस्थायी प्रहरी पोष्ट

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

-चिसाङ शेर्पा

खोटाङ खोटाङको प्रवेशद्धार पश्चिमीस्थान जयरामघाटमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित स्थानीय सुमित्रा राईको घरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।

अस्थायी प्रहरी पोष्टको हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राईले उद्घाटन गर्नुभयो । अन्यत्र जिल्लामा अपराध गरेर जयरामघाट नाका हुँदै यस जिल्लामा भित्रिने र यस जिल्लामा अपराध गरी अन्यत्र जान सक्ने कारणले त्यस्ता गतिविधि हुन नदिन र त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनलाई अस्थायी प्रहरी पोष्ट खडा गरिएको प्रहरी नायब उपरीक्षक उमेश लम्सालले बताउनुभयो । उहाँका अनुसार हवल्दारको कमाण्डमा पाँचजना प्रहरीले अस्थायी प्रहरी पोष्टबाट शान्ति सुरक्षा दिनेछन् ।

प्रहरी पोष्ट उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर राईले जयरामघाटमा अस्थायी प्रहरी पोष्ट स्थापना हुनुले शान्ति सुरक्षाको दियो बलेको र त्यसमा तेल, सलेदो लगाउने काम जयरामघाटवासीको भएको बताउनुभयो । अस्थायी प्रहरी पोष्ट स्थापनाका लागि नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० मा बजेट नै विनियोजन गरेको मेयर राईले बताउनुभयो । प्रहरीसँग सहजीकरण गर्ने कुरामा नगरपालिका निरन्तर लागि मेयर राईको भनाइ छ ।

कार्यक्रममा मेयर राई, उपमेयर रमेशकुमार राउत, निमित्त प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाह, हलेसी तुवाचुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रविकिरण आचार्य, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख, प्रहरी नायब उपरीक्षक लम्साल, सशस्त्र प्रहरीका डिएसपी सरोज कार्की, नेपाली सेनाका गणपति लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?