भोजपुर । जिल्ला समन्वय समिति भोजपुरको प्रमुखमा भोजपुर नगरपालिका वडा नम्बर ३, गुप्तेश्वरका कमल थुलुङ राई निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा थुलुङ समन्वय प्रमुखमा निर्वाचित हुनु भएको हो ।
गठवन्धन दलका तर्फबाट थुलुङ र एमालेका तर्फबाट बिष्णु कुमार राईको प्रमुखमा उम्मेदवारी परेको थियो । उहाँहरु दुवै ५९ बर्षका हुनुहुन्थ्यो ।
उपप्रमुखमा गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रबाट अनिशा खड्का निर्वाचित हुनुभयो भने अन्य सदस्य पदमा पनि गठबन्धनबाट नै विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले जनाएको छ ।
समन्वय समिति सदस्यमा लादिकी शेर्पा, गोमादेबी राई, जीवन किराँती, चन्द्रकुमार राई, दीर्घकुमारी कार्की, विनोद मगर र राधिका तामाङ गठवन्धन दलका तर्फबाट निर्वाचित हुनु भएको छ । समन्वय समितिका लागि एमालेका तर्फबाट पनि सवै पदमा उम्मेदवारी परेको थियो ।
जिससका लागि जम्मा ९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरि १८ मध्ये १७ जनाले मतदान गरे ।
जिल्लाको साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष दौलथ कुलुङ भने मतदानमा अनुपस्थित हुनुभयो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम