चितुवाको आक्रमणबाट सात वर्षीय बालकको मृत्यु

Read Time = 1 min

अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक सात वर्षीय बालकको ज्यान गएको छ ।

सन्धिखर्क नगरपालिका ४ अमलडाँडाका सम्राट नेपालीलाई बिहीबार साँझ चितुवाले घरबाटै समातेको हो । चितुवाको आक्रमणमा परेका बालक नेपालीको शव घरबाट करिब एक किमीको दुरीमा छिन्नभिन्न अवस्थामा फेला परेको थियो ।

अपरान्ह साढे चार बजे विद्यालयबाट घर आएका बालक बारीमा रहेकी आमा भएतिर जाँदै गर्दा चितुवाको निशानामा परेका थिए । बारीमा आरु खान गएको बेला चितुवाले आक्रमण गरेको स्थानीय उमेश अधिकारीले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणमा परेका बालकको स्थानीय र जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले रातिसम्म खोजी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?