पूर्वप्रधानमन्त्रीहरु परेपछि गठबन्धनले बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय गरेको छः अध्यक्ष लिङदेन

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गर्नुभएको छ ।

शुक्रवार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सर्वोच्च अदालतले ललितानिवास जग्गा प्रकरणमा मन्त्रीपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धानको आदेश दिएपनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निर्णय गरेको बताउनु भयो ।

उहाँले सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचार बिरुद्धका काकम गरेँ भनेर दंगा पिटेको बताउनु भयो । उहाँले सरकार यसरी नै चलिरहने हो भने २०८४ सालको निर्वाचन नआउने दाबी गर्नुभयो । उहाँले ललिता निवास जग्गा प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताउनु भयो ।

उहाँले नेपाल आज शक्ति देशको प्रतिष्पर्धा स्थल बनिरहेको बताउनु भयो । उहाँले सरकार एकातिर भ्रष्टाचारबिरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हेर्नुहोस् देशको अवस्था कस्तो छ, हामी मिसन ०८४ भन्छौँ । कति पार्टीहरु मिसन ०८४ भनेर कुदिरहेका छन् । देशको यही अवस्था निरन्तर रुपमा रही रहने हो भने त्यो ०८४ नआउन सक्छ । चुनावै नआउन सक्छ । आज भ्रष्टाचार कुन ढंगले बढेर गइरहेको छ । आज महंगी कुन ढंगले बढीरहेको वैदेशिक हस्तक्षेप, बेरोजगारी कुन ढंगले बढीहरेको छ ? तपाई कल्पना गर्नुहोस् । यही स्थिति छोडिरहने हो भने ०८४ को चुनाव आउला ? नेपाल आज शक्ति देशको प्रतिष्पर्धा स्थल बनिरहेको छ । कुनैपनि बेला शक्ति राष्ट्रको द्वन्द्वको शिकार बन्नसक्छ । आज सरकाकर मस्त निन्द्रामा छ । केही खरदार सुब्बा र मानिसलाई जेल हालेर ठूलै भ्रष्टाचारको बिरुद्ध काम गरेँ भनेर सरकार दंगा पिटिरहेको छ । केही मानिसमा भ्रम पनि होला, यो सरकार ठूलै काकम गर्न लाग्यो कि के हो भनेर । आज आदेशअनुसार काकम गर्ने ? आफ्नो पैस लगानी गरेर जग्ग किन्ने मानिसलाई कारबाही गर्ने, थुनामा राख्ने सरकारले आदेश दिने, मन्त्रीपरिषद्को अध्यक्षता गर्ने मानिसलाई किन थुन्न सकेन । अदालतले अस्ति भर्खर आदेश दियो । त्यो आदेश तामेल गर्ने, पैस लगानी गरेर जग्गा किन्ने मानिसलाई होइन, आदेश दिने र मन्त्रीपरिषद्को अध्यक्षता गर्ने मानिसलाई पक्राउ गर् भनेको छ । खै सरकार ? यदी यो सरकार भ्रष्टाचारको बिरुद्ध इमान्दार थियो भने त्यहाँ किन पुगेन ? सत्तारुढ पार्टीका बैठकमा तैँ चुप मै चुपको निर्णय भएको छ । जे भयो यत्तिमै राख्ने निर्णय भएको छ । नक्कली भूटानी शरणार्थी प्रकरणमा अहिलेको छानबिन पछि पनि १८ जना मानिसले उजुरी दिएका छन्, त्यो अनुसन्धान अघि बढाउने हो भने अरु ठालु पक्राउ पर्नेछन् । अस्तिको अनुसन्धानको जिम्मा लिएर सरकारलाई त्यो फाइल अघि बढाउन जसले बाध्य बनायो ति प्रहरी अधिकारीहरुलाई दुई तीन दिन भित्र सरुवा गर्दैछ । त्यो फाइल सामसुम पार्ने योजना छ । एकातिर भ्रष्टाचारबिरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काम भइरहेको छ । देशमा अकण्टक लुट मच्चाउने योजना बनेको छ ।’

अध्यक्ष लिङदेनले सरकार देशमा अकण्टक लुट मच्चाउने योजना बनाइरहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?