ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु

रासस
Read Time = 1 min

धनगढी । धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भएको छ । धनगढीको हसनपुर पिपलचौतारा सडकखण्डमा आज बिहान ग्रेडरले साइकलमा स्कुल गइरहेका बेला ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनगढी उपहानगरपालिका-४ बस्ने चेतना साउदको घटनास्थलमै मृत्यु भएको हो । उनी घरबाट विद्यालय जाँदै थिइन् । मृतक साउद धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?