भूमिगत हुँदा नै धनुषा र सिरहाली कमला छेउका जनताका पीडा बुझेको छु : प्रधानमन्त्री प्रचण्ड

हिमालय टाइम्स
Read Time = 4 mins

-पुरन साह

जनकपुरधाम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजामती कर्मचारी र प्रदेश प्रहरी समायोजन ऐन अन्तिम चरणमा रहेको बताउँदै आफ्नै नेतृत्वको सरकारमा यि सबै ऐनहरु पारित गराई संघीयता कार्यान्वयनको काम सम्पन्न हुने बताउनु भयो ।

धनुषाको जनकनन्दनी गाँउपालिकाको कठाल र सिरहाको मलहनियालाई जोडने नेपालकै सबै भन्दा लामो झुलंगे पुलको आज समुदघाटन गर्दै प्रधामन्त्री प्रचण्डले प्रदेश सरकारहरुको असन्तुष्टि र संघीयता कार्यान्वयनका मुख्य बाँकी रहेका प्रक्रियाहरु निजामती, प्रहरी प्रशासन ऐनहरु टुङ्गो छिट्टै लाग्ने बताउनु भयो ।

मुख्य सचिवसँग आजै भएको कुराकानी उद्दृत गर्दै प्रधानमन्त्री प्रचण्डले मुख्य सचिवले निजामती ऐन पनि अन्तिर चरणमा रहेको सुनाएको बताउनु भयो । उहाँले आफु ४० वर्ष अगाडि भुमिगत राजनिति र संगठन बनाउने क्रममा धनुषा र सिरहामा धेरै भुमिगत बसोबास गरेको र कमला नदी दिनरात नभनि तर्ने गरेको स्रमण गर्दै झुलुङ्गेपुल समुदघाटन गर्दै गर्दा अत्याधिक खुसी लागेको पनि बताउनु भयो । उहाँले मधेशको जनताको मतबाट सिरहावाट चुवाज जितेर दोस्रो पटक प्रधानमन्त्री बनेपनि धेरै गर्न नसकेको भन्दै आगामी बजेटमा सिरहा र धनुषाको पिडालाई प्राथमिकतामा राखिने समेत बताउनु भयो ।

त्यस अगाडि बोल्दै सो क्षेत्रका सांसद रामकृष्ण यादवले स्थानीय समस्याहरु सुनाउनु भएको थियो भने र मधेश सरकारका भौतिक पुर्वाधार मन्त्री कृष्ण यादवले प्रदेश सरकार चलाउन कठिन भइरहेको भन्दै प्रहरी, कर्मचारी, शिक्षा र स्वास्थ्य ऐनहरु कार्यान्वयन गरि मधेशलाई जनंख्याको आधारमा बजेट बिनियोजन गर्न मांग गर्नुभएको थियो ।

१५००.४४ फिट लामो करिव ३ हजार ५ सय पदयात्रु एकै पटक बोक्न सक्ने मल्टीस्पाम सो झुलंगे पुल निर्माण कार्यका लागि २ वर्षको समय र ३७ करोड रकम बिनियोजन गरेको भएपनि करिव २८ करोड र १९ महिना छ दिनमै निर्माण कम्पनीले कार्यम्पन्न गरेको भन्दै सो अवसरमा निर्माण सम्मान गरिएको थियो ।

सो अवसरमा संघीय सरकारकी शहरी विकास मन्त्री सिता गुरुङ्ग, माओवादीका नेता मातृकाप्रसाद यादव, मधेश सरकारका राज्यमन्त्री तथा माओवादीका युवा नेता रहवर अन्सारी सहितको उपस्थिती थियो ।

त्यसैगरी प्रधानमन्त्री प्रचण्डले आजै निर्माण भएर भत्किएको कमला पुलको निरिक्षण गर्नुका साथै काम नलागेकोले सो पुलको विकल्पमा धनुषाको सबैला नगरपालिकाको पठेर्वामा अर्को पक्की कमलापुलको शिलान्यास समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *