दोहा । समूह विजेता बन्दै अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा पोल्याण्डलाई २-० ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा स्थान बनाउन सफल रहेको हो । समूह चरणको पहिलो खेलमै साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले पछिल्ला दुई खेलमा लगातार मेक्सिको र पोल्याण्डलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनायो ।
पोल्याण्डविरुद्ध लियोनल मेस्सीले पेनाल्टी चुकाए पनि एलेक्सिस म्याक आलिस्टर र जुलिएन एल्भारेजले दोस्रो हाफमा दुई गोल थप्दै अर्जेन्टिनाको जित सुनिश्चित गर्नुभयो । त्यसबाहेक खेलमा एकपछि अर्को प्रहार गरेको अर्जेन्टिनाका लागि पोल्याण्डका गोलरक्षक वोजसिएक सेचेज्नी बाधक बन्नुभयो ।
दशौँ मिनेटमा मेस्सीले गरेको शक्तिशाली प्रहारमा गोलरक्षक वोजसिएक सेचेज्नीले पन्च गर्दै बचाउनुभयो । ३४ औँ मिनेटमा एन्जल डी मारियाको कर्नर प्रहारमा पनि सेचेज्नीले सानदार बचाउ गर्नुभयो । त्यसको एक मिनेटमा नै उहाँले जुलियन अल्भारेजको वान भर्सेस वानको प्रहारलाई रोक्दै अर्जेन्टिनालाई अघि बढ्न दिनुभएन ।
त्यसलगत्तै भने अल्भारेजले दिएको क्रस बचाउने प्रयासमा सेचेज्नीको हातले मेस्सीको अनुहारमा लागेपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहायतामा अर्जेन्टिनाले पेनाल्टी पायो । तर, मेस्सीले उक्त पेनाल्टीमा गोल गर्न चुक्नुभयो । सेचेज्नीले बायाँतर्फ उत्कृष्ट डाइभ गर्दै मेस्सीको पेनाल्टीलाई पन्च गर्नुभएको थियो । यसअघि साउदी अरेबियाको खेलमा पनि सेचेज्नीले पेनाल्टी रोक्नुभएको थियो ।
पहिलो हाफमा निराश बनेको अर्जेन्टिनालाई दोस्रो हाफको सुरुवातमै एलेक्सिस म्याक आलिस्टरले गोल गर्दै अग्रता दिलाउनुभयो । खेलको ४७औँ मिनेटमा नाहुएल मोलिनाले दिएको क्रसमा उहाँले गोल गर्नुभएको हो ।
त्यसपछि पनि लगातार आक्रमण जारी राखेको अर्जेन्टिनाका लागि ६८औँ मिनेटमा जुलियन अल्भारेजले अग्रता दोब्बर पार्नुभयो । एन्जो फर्नान्डेजले पेनाल्टी क्षेत्रबाहिरबाट दिएको पासलाई अल्भारेजले नियन्त्रण गर्दै गरेको प्रहार गोलरक्षक सेचेज्नीको हातमा लाग्दै गोल भएको थियो । त्यसपछि खेलमा थप गोल हुन सकेन ।
यस समूहबाट अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा प्रवेश गरे । अर्जेन्टिनाले अन्तिम खेलमा २-० को जित दर्ता गर्दै शीर्षस्थान हासिल गर्दा पोल्याण्ड दोस्रो हुँदै अघि बढ्न सफल रहृयो । मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरे पनि नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहमा अर्जेन्टिना तीन खेलमा दुई जित र एक हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहृयो । मेक्सिको र पोल्याण्डले समान चार÷चार अंक जोडे । तर, पोल्याण्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्याण्ड अघि रहृयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहृयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच